काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा निगरानीका लागि काँकडभिट्टा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरीको ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआईटी) ले दुईवटा गोप्रो क्यामेरा प्रयोगमा ल्याएको हो । गोप्रो क्यामेराको प्रयोगबाट सीमा क्षेत्रमा सूचना संकलन तथा निगरानी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, कुनै घटना भएमा प्रमाण संकलन, तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा व्यवस्थापनमा समेत सहजता हुने सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालले यसअघि नै देशका प्रमुख सीमा नाकाहरूमा निगरानीका लागि सीसीटीभी क्यामेरा प्रयोग गर्दै आएको छ । आगामी दिनमा अन्य सीमा नाकाहरूमा समेत गोप्रो क्यामेरालगायत आधुनिक डिजिटल उपकरणको प्रयोग विस्तार गर्दै परिचालन गरिने जनाइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्