गएको पाँच दिनमा १६ हजार रुपैयाँ घटेको सुनको मूल्यमा आज पनि पहिरो गएको छ। सुनको भाउ आज तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ६ हजार १ सयमा झरेको थियो। गएको आइतबार एकैदिन तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ सोमबार तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो।
यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो। सुनको भाउ आजसहित ५ दिनमा २४ हजार ८ सय रुपैयाँ घटिसकेको छ। त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्