पोखरा । नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको चारमध्ये एक मन्त्रालयमा नेसपा नयाँ शक्तिका सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। देवकोटाको केहीबेरमा शपथ हुने तयारी छ। मुख्यमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो भने लागिसकेको छैन। ‘पुरानै ऊर्जा मन्त्रालय वा अरू कुनै मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन,’ सचिवालयका ती सदस्यले भने। गण्डकी प्रदेशसभामा नेसपा नयाँ शक्तिबाट देवकोटा मात्रै सांसद छन्। एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य तथा उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन्। देवकोटा यसअघि पनि गण्डकी प्रदेश सरकारमा मन्त्री थिए। गत वर्ष भएको जेनजी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्