ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकारक्षेत्र बाहिरका मुद्धा आउंदा न्यायनिरुपणमा समस्या (भिडियोसहित)


admin
२१ माघ २०७६, मंगलबार   १ : ११   बजे

काठमाडौं, २१ माघ । स्थानीय तहका न्यायीक समितिहरुमा मुद्धाको चाप बढ्न थालेको छ । तर सीमित अधिकार क्षेत्र भएकाले धेरैले न्याय पाउन सकेको अवस्था छैन् । सरकारले स्थानीय तहका समितिहरुलाई सिमित आधिकार क्षेत्र दिएको छ । अधिकार क्षेत्र समिति भएपछि मेलमिलाप हुन सक्ने मुद्धाहरुमा केही सहज भएपनि गम्भिर प्रकृतिका र अधिकार क्षेत्रभन्दा बाहिरका मुद्धाहरुले समस्या उत्पन्न हुने गरेको न्यायीक समितिका पदाधिकारीहरु बताउँछन् ।

‘क्षेत्राधिकार तोकेको भन्दा धेरै मुद्धाहरु आउने गरेका छन् । सबैलाई न्याय दिन सकिएको अवस्था छैन् । यो कुरा तपाईहरुले फोरममा बोलिदिनुप¥यो ।’, ललितपुरमहानगरपालिका कानून अधिकृत खगेन्द्र प्रसाद बस्तीले राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका पदाधिकारीसँग गरेको अनुरोध हो यो । सोमबार महानगरको इजलास समिति अनुगमन गर्न गएको राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति समक्ष उहाँले अधिकार क्षेत्र बढाउनु पर्ने माग मात्रै राख्नुभएन् । एउटै समितिमा तीन वटा इजलास गर्नुपर्ने भएकाले समस्या हुने गरेको पनि बताए । ‘न्यायीक समितिले हेर्ने एउटा, प्रमुख प्रशासकिय अधिकृतले हेर्ने एउटा र मेयरले हेर्ने एउटा गरी तीनवटा इजलास छन् । न्यायीक समिति भनेपछि त सुपर पावर दिनुप¥यो । एउटै कार्यालयमा तीन वटा इजलास राख्दा समस्या हुन्छ ।’

हरेक स्थानीय तहहरुमा न्यायीक समिति गठन भएसँगै अहिले स्थानीय स्तरका मुद्धाहरुमा मेलमिलाप तथा छिनफानो गर्न ठूलो सहयोग पुगेको छ ।सोमबार महानगरको इजलासमा देखिएको दृश्य र इजलास सूची हेर्दा साँच्चिकै न्यायीक समितिले छिटो छरितो न्याय दिने आभास देखिन्थ्यो । आफ्नो अधिकार क्षेत्रभित्रका मुद्धा हुन अथवा बाहिरका इजलासका पदाधिकारीले सम्भव भएसम्म न्याय दिने नभए न्यायका लागि अगाडीको बाटो के हुन सक्छ सल्लाह दिने गरेको दृश्य देखिन्थ्यो । सोमबार पेशी तोकिएको मध्ये एउटा मुद्धा थियो ‘बहाल दिलाएर जग्गा खाली गराई पाउँ’ भन्ने । दिल्लि बहादुर बस्नेतले नसिर अहमत मंसरीको नाममा निवदेन दिएका थिए । उक्त मुद्धामा दुबै पक्षले यसरी कुरा राखेका थिए ।सोमबार नै पेशी तोकिएको सहकारीको उठाउने बारेको मुद्धामा इजलासले दुबै पक्षको कुरा सुनेपछि यसरी मेलमिलापसहितको निर्णय गरेको थियो ।

सोमबार १० वटा पेशीहरुको इजलास तोकिएको थियो । ललितपुरमा महानगरमा धेरै सहकारी संस्थाका कर्जा उठाउने सहयोग गर्नुपर्नेदेखि लिएर, ठगि र अन्य स्थानीयस्तरका समस्य समाधानका लागि निवदेन आउने गरेका छन् । समितिलाई ज्याला मजदुरी नदिएको, जेष्ठ नागरिकको हेरचाह तथा पालन पोषण नगरेको, पति पत्नीवीचको मेलमिलाप, गाली बेइज्जती लयातका मुद्धा मेलमिलापबाट निरुपण गर्ने अधिकार दिइएको छ । नेपालको संविधानको धारा २१७ ले कानून बमोजिम अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिकाको हकमा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकाको हकमा उपप्रमुखको संयोजकत्वमा गाउँ वा नगरसभाबाट आफुमध्येबाट निर्वाचित गरेको दुई सदस्य सहित तीन सदस्यीय एक न्यायीक समिति रहने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu