ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. ६ का सात जिल्लामा निर्वाचन तयारी पूरा


sharan sharan
९ मंसिर २०७४, शनिबार   १ : ०४   बजे

काठमाडौं,९ मंसिर/ मंसिर १० गते हुन लागेको प्रथम चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश ६ का ७ जिल्लाका ५ सय १० मतदान स्थलमा निर्वाचनको लागि आवश्यक तयारी पूरा भएको हो ।

प्रथम चरण अन्तरगत निर्वाचन हुन लागेका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जिल्लाहरुमा आवश्यक कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मीहरु सम्वन्धित मतदान स्थलमा पुगिसकेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरेका डोल्पाका १९ र हुम्लाका ४३ मतदान केन्द्रमा समेत बिहिबार साँझै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका निर्वाचन सेल शाखा अधिकृत नन्दा पौडेलले जानकारी दिइन् । उनका अनुसार सात जिल्लाकै सवै मतदान स्थलमा शुक्रबार विहानैदेखी मतदाता परिचय पत्र लिने नागरिकहरुको उत्साहजनक सहभागीता रहेको छ ।

माथिल्लो हुम्लाका तीन मतदानस्थलमा बिहिबार हिमपात भएपछि निर्वाचन प्रभावित हुन्छ की भन्ने आशंका गरिएपनि शुक्रबार विहानैदेखी मौसममा सुधार आएको खवर जिल्ला प्रशासन कार्यालय हुम्लाले गरेको पौडेलले जानकारी दिइन् । उनले अन्य मतदानस्थलमा अहिलेसम्म त्यस्तो कुनै असहजता नभएको बताईन् ।मतदान हुने स्थलको सम्वेदनशीलता हेरेर सातै जिल्लामा झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनमा अप्रिय घटनाभएमा तत्काल सुरक्षाकर्मी पठाउन तयारी अवस्थामा राखिएको छ । स्थानीय तहको निर्वाचनभन्दा प्रथम चरणको निर्वाचन हुने जिल्लाहरुमा यो पटक सुरक्षाकर्मीहरु धेरै परिचालन गरिएको पौडेलले उल्लेख गरिन् ।

मंसिर १० गते हुने निर्वाचनमा प्रदेश ६ का ७ जिल्लाका १९३ मतदानस्थल अति सम्वेदनशील, १७८ सम्वेदनशीलमा र १३९ सामान्यमा मतदानस्थल पर्ने गरेको प्रतिवेदन क्षेत्रीय सुरक्षा समितिले निकालेको थियो । कार्तिक अन्तिमसाता नेपालगञ्जमा सम्पन्न क्षेत्रीय सुरक्षा समितिको बैठकले पनि अतिसम्बेदनशील मतदानस्थलमा यो पटक कडा सुरक्षाको व्यवस्था गरिएको छ । निर्वाचनमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन गरिएको छ । निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाव्यवस्था समेत कडा पारिएको क्षेत्रीय प्रशासनको निर्वाचन सेलले जनायो । ७ जिल्लाका ६ प्रतिनीधी सभाको सिटका लागि ३१ जना र प्रदेश सभाका लागि १४ सिटमा ५६ जना चुनावी मैदानमा छन् । ७ जिल्लाबाट कुल तीन लाख ७८ हजार ४२७ जना मतदाता मतदानमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Wildfires Claim At Least 12 Lives in Northeastern Algeria

Brazil Sues Discord Over Alleged Failures to Protect Young Users

Federal Reserve Governor Lisa Cook Defends Against Trump Administration’s Removal Efforts

Northern Nigerian Basketball Initiative Empowers Girls Through Sport

Rastriya Swatantra Party Pledges Rs. 5 Million for Nepal Flood Relief

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu