ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा कृषि एम्बुलेन्सले कृषि सामाग्री बोक्ने


sharan sharan
५ बैशाख २०७७, शुक्रबार   ४ : ०४   बजे

बुटवल,५ बैशाख । कोभीड-१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

मन्त्रायलले शुक्रबार अनलाईन पत्रकार सम्मेलनको आयोजना गरी कोभीड १९ को विषम परिस्थितीमा किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य खाद्य बस्तुको आपुर्ती तथा विक्रि वितरणको लागि मन्त्रायले अनुदानमा उपलब्ध गराएका ३४ वटा र थप मन्त्रालयका सरकारी १० वटा गरी कुल ४४ वटा पिक अप भ्यान लाई ‘कृषि एम्बुलेन्सको’ रुपमा उपलब्ध गराउने भएको छ ।

प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीहरुलाई सहुलियत दरमा तरकारी, फलफुल, दुध माछा, मासु तथा अन्य उपभोग्य सामग्री को उपलब्धतालाई सहज बनाउनको लागि ४४ वटा पिक अप भ्यान परिचालन गर्न लागिएको हो ।

यसरी व्यवस्थापन गर्न लागिएको पिकअ भ्यानको सवारी साधानको न्युनतम भाडा कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै व्यहोर्ने छन् भने गाडीको लागि आवश्यक ईन्धन कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले व्होर्नेछन् । यसरी ति ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रले आर्थिक रुपम व्यहोर्न नसकेमा थप बजेट मन्त्रायले दिने छ ।

मन्त्रालयका सचिव तेज बहादुर सुवेदीका अनुसार किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रुपमा विक्रि वितरण तथा ढुवानीका लागि वातावरण मिलाउनको लागि मन्त्रालयले यो निर्णय गरेको हो ।

 

यस्तै मन्त्रायले कोभिड १९ को संक्रमण रोक्नको साथै अत्याबश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपुर्ति तथा वितरण र उत्पादन सामाग्रीहरुको शुलभ आपुर्तीको सुनिश्चित गर्न र खासगरी साना किसानहरुलाइ यसको प्रभाव न्युनीकरण गर्न कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले अगुवाइ गरी ढुवानी र वितरणको ब्यवस्था आग्रह गरेको छ ।

कोभिड १९ को प्रभाव न्युनीकरणको लागि आबश्यक समन्वय गर्न मन्त्रालयमा उपसचिब श्री सुरेशचन्द्र आचार्य ९८५११२०४८० लाइ तोकिएको र मातहत सबै कार्यालयहरुमा एक एक जना सम्पर्क अधिकृत तोक्ने ब्यवस्था मिलाइएको छ ।

प्रत्येक जिल्लामा १/१ वटा सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणाली मार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसंग समेत समन्वय गर्ने ब्यवस्था मिलाउने जनाइएको छ ।

सवारी साधन परिचालन गर्दा अनाबश्यक हिंडडुल कम गर्न सकभर चार चक्के ढुवानी साधन परिचालन गर्ने र उत्पादन स्थलबाट कृषकहरुले सोझै टोलटोलमा खुद्रा ब्यापारी र उपभोक्तासम्म पुर्याउने ब्यवस्था मिलाउने जनाइएको छ । यस्तै मन्त्रालयले वर्तमानको कठिन परिस्थितिमा बाली लगाउनको लागि किसानहरुलाइ बीउ मल रोग तथा कीटनासक बिषादी चल्ला दाना तथा चारा घांस परालको आपुर्ति ब्यवस्था मिलाउने र समयमी बाली थन्काउने तथा बाली लगाउने कार्यमा सामाजिक दुरी कायम राखी समयमै गर्ने गराउने ब्यवस्थाको लागि आबश्यक समन्वय गर्ने छ भने गाउं टोल तथा सहरी क्षेत्रमा भिड कम गर्न उत्पादक तथा वितरकहरुलाइ टोल टोलमै पुगि सोझै खुद्रा पसले वा उपभोक्तालाइ बिक्री गर्ने ब्यवस्था मिलाउने छ ।

कृषि तथा पशुपंक्षीजन्य खाद्यवस्तु तथा उत्पादन सामाग्रीको ढुवानीमा कुने अवरोध भए कृषि ज्ञान केन्द्र पशु सेवा बिज्ञ केन्द्रले स्थानीयस्तरमा नै प्रशासन र सुरक्षा निकायसंग समन्वय गरी सहजिकरण गर्ने र यस बारेमा कृषक कृषि उद्यमी तथा ब्यवसायीहरुलाइ पनि रेडियो टेलिभिजन मार्फत जानकारी गराउने छ ।

यस्तै मन्त्रालयबाट कृषि तथा पशुजन्य उत्पादन र उत्पादन सामाग्रीको आपुर्ति र वितरणको लागि अनलाईन पास तथा ट्रयाकिड्ग सिस्टम लागु गरिएको छ । सम्बन्धित ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रबाट सोही अनुसार कार्यन्वयनमा सहजिकरण गरिनेछ । लागु गरिएको ब्यवस्था र इ‘पासको ब्यवस्थाको बारेमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरुमा पनि जानकारी गराउने । कृषि तथा पशुपंक्षी जन्य उत्पादन र उत्पादन सामाग्रीको ढुवानीको लागि खास गरी चारपांग्रे सवारीहरुको परिचालन गर्दा कृषि ज्ञान केन्द्र र पशु सेवा बिज्ञ केन्द्रमा समन्वय र जानकारी गराइ पास लिएर मात्र परिचालित हुने ब्यवस्था मिलाउने भएको छ ।

खासगरी बर्षे बाली लगाउनको लागि आबश्यक तयार गर्न बीउ मलको ढुवानी तथा रोगकीराको प्रकोप ब्यवस्थापन गर्न आबश्यक कीटनाशक बिषादीको आपुर्ति र वितरणको ब्यवस्था मिलाउन एग्रोभेट पसल र कृषि सामाग्री बिक्रेता पसल खोली उत्पादन सामाग्री कृषकलाई समयमै उपलब्ध गराउने ब्यवस्था मिलाउन जिल्लास्थित कार्यालयले सहजिकरण गर्नेछन ।

कृषकहरुले आफूले उत्पादन गरेको परिमाण तथा विक्री योग्य परिमाण सम्बन्धित जिल्लास्थित कार्यालयमा जानकारी गराउने र सोही अनुसार सम्बन्धित कार्यालयले ढुवानी तथा तथा वितरण प्रणालीको ब्यवस्था मिलाउने छन ।

कोभिड १९ बाट सृजित बिशेष परिस्थितिको कारण कृषि तथा पशुजन्य उत्पादन घट्न गई भबिष्यमा आउन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै स्थानिय तहहरुको सहकार्यमा करार खेती कार्यक्रमलाई प्रभावकारी रुपमा अधि बढाउन जग्गा भाडा बापतको रकम र केही पूर्वाधार विकास खर्च मन्त्रालयले उपलब्ध गराउने गरी जग्गा भाडामा दिने जग्गा धनि र भाडमा लिइ खेती गर्ने कृषकहरुको विवरण तयारीका लागी सबै स्थानिय तहहरुलाई पत्राचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group