ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरघरमै नमाज पढेर मुस्लिम धर्मालम्बीको यसवर्षको रमजान सुरु


sharan sharan
१३ बैशाख २०७७, शनिबार   ७ : ०५   बजे

बुटवल, १३ बैशाख ।
वर्षभरीकै कठोर ब्रतकारुपमा लिईने इस्लाम धर्मालम्बीहरुको रोजा आजबाट सुरु भएको छ । शुक्रबार राती चन्द्रमा देखिएसंगै यस वर्षको १ महिने रमजान पर्व सुरु भएको छ । रमजानको पहिलो नमाज नजिकको मस्जिदमा पढेर सुरु गर्ने परम्परा रहेपनि यस वर्ष नेपालका मुस्लिम समुदायले घरघरमै नमाज पढेर रमजानलाई स्वागत गरेकाछन् । मस्जिदमा नमाजीहरु नगएपछि हरेक वर्ष भरीभाउ हुने नेपालका प्रयाय मस्जिदहरु यस वर्ष सुनसान देखिएका थिए । बिश्वभर कोरोना भाइरसले माहामारीको रुप ग्रहण गरेपछि मुस्लिम अगुवाहरुले मस्जिद नजान र घरमै नमाज पढेर रोजा बस्न आह्वान गरेका थिए । मस्जिदको ढोकाहरुमा लकडाउनको सुचना टांस गरि कतिपय मस्जिदहरु बन्द समेत गरिएका थिए ।
मुस्लिम समुदायले रमजानको एक महिना कठोर ब्रत बस्दछन् । सुरुको पहिलो दिन बिहान ३ बजे सेहरी अजहान बिहानको खाजा खाएर सुरु भएको ब्रत सांझ ६ बजेर ४८ मिनेटमा रोजा ईस्तार गरि समाप्त भएको थियो । समुदायले हरेक दिन बिहान १ मिनेट थपिंदै जाने र सांझ घट्दै जाने नियम अनुसार १ महिना पानी र थुक समेत निल्न नहुने गरि हरेक दिन करिव १५ घण्टा भोकै बस्नु पर्दछ । रमजानको बेला प्रत्यक मुसलमानले दिनमा ५ पटक नमाज र १ पटक तराबि नमाज पढ्नु पर्ने नियम रहेको छ । तराबि नमाज १ देखि २ घण्टाको हुने गर्दछ भने नमाज १५ मिनेट मा पढेर सकिन्छ । पछिल्लो समय समुदायमा ब्यापार ब्यवसायमा लाग्ने, नोकरी तथा अन्य कार्यमा सहभागि हुने भएकाले तराबिको समय घटाएर ३ देखि ७ दिनमा सक्ने समेत गरिएको नेपालगन्जका मुस्लिम अगुवा राष्ट्रिय हज कमिटीका सदस्य मेराज अहमदले बताउनु भयो । यस वर्ष नमाजको समयको सुचना दिन ऐलान गरिने मोअज्जीमको आह्वान समेत सानो आवाजमा प्रशारण गरिएको थियो ।
मुस्लिम परम्परा अनुसार १ महिनाको ब्रत पछि देखिने पहिलो चन्द्रमालाई हेरेपछि रमजानको महिना समाप्त हुन्छ । चन्द्रमा देखिएको दोस्रो दिन मुस्लिम धर्मालम्बीहरुको सबै भन्दा ठूलो पर्व ईद उल फित्र सुरु हुने गर्दछ । ब्रतकै बिच मुसलमानहरुले बर्ष भरी गरेको आम्दानीबाट २.५ प्रतिशत निकाली गरिव तथा असहायलाई बांड्नु पर्दछ । यसरी बांडिने दानलाई समुदायमा जकात भन्ने गरिन्छ । जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ । रमजानको महिना खानामा मात्र नभएर जिवशैलीका हरेक बिषयमा अनुसानको ब्यवस्था गरिएको मुस्लिम अगुवा मेराज अहमदले जानकारी दिनुभयो । रोजा चलिरहेको बेला झुटो बोल्न नहुने, शारिरीक सम्पर्क गर्न नहुने, कसैसंग नाफा खान नहुने जस्ता आचरणमा बस्नु पर्ने समुदायमा परम्परा रहंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपीडितका लागि राहत सामग्री बोकेर कोरियन एयर फोर्सको जहाज काठमाडौंमा

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu