ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मेनका स्टार केलियन एम्बाप्पे अर्का फरवार्ड नेयमार भन्दा उत्कृष्ट


एबीसी न्यूज
६ जेष्ठ २०७७, मंगलबार   १० : ११   बजे

काठमाडौं, ६ जेठ ।  ईटालियन डिफेन्डर जर्जियो चिलिनीले पेरिस सेन्ट जर्मेनका स्टार केलियन एम्बाप्पे अर्का फरवार्ड नेयमार भन्दा उत्कृष्ट रहेको बताएका छन् ।

सन् २०१६ मा च्याम्पियन्स लिगको फुटबल खेल हेरेपछि उनले एम्बाप्पे कुन ग्रहबाट आएको भनेर सोधेको खुलासा समेत गरेका छन् ।

ईटालियन क्लब युभेन्ट्सबाट खेल्ने चिलिनीले लिग वानका सर्वाधिक गोलकर्ता एम्बाप्पेले वालेन डी ओरको बिजेता बन्ने क्षमता राख्ने बताए । उनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि एम्बाप्पे वालेन डी ओरको हकदार बन्ने बताएका छन् ।

एम्बाप्पेले यस सिजन ३३ खेलमा ३० गोल गरेका थिए । सर्वाधिक गोल गरेको भन्दै उनले यस सिजन लिग वानमा गोल्डेन बुट समेत प्राप्त गरे । कोरोना भाईरसको महामारीका कारण सिजन रद्ध भएपछि पीएसजीलाई लिग च्याम्पियन घोषणा गरिएको थियो ।

‘को हुन्छ विश्वको सर्वोकृष्ट खेलाडी, जसले रोनाल्डो र मेस्सीपछि वालेन डी ओर जित्न सक्छ रु उनी फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे हुन् । उनी निशर्त फरक खेलाडी हुन् ।’ ईटालियन डिफेन्डरले भने ।

‘मैले उनलाई पहिलो पटक टिभीमा देखेको थिए । जतिबेला उनले सन् २०१६÷१७ को च्याम्पियन्स लिग खेल्दै थिए । म्यान्चेष्टर सिटीबिरुद्ध मोनाकोबाट उत्रिएका उनले प्रभाव जमाएका थिए ।’ उनले थपे ।

‘पहिलो हाफको अन्तिममा मैले फाबियो पाराटिसीसंग सोधे, उनी को हुन् रु कुन ग्रहबाट आएका हुन् ’ चिलिनीले थपे, ‘फाबियोले भने, हो, मलाई थाहा छ । हामीले केही समयदेखि उनीबारे जानेका छौ । उनी नरोकिने फरवार्ड हुन् । उनी मात्र १८ बर्षमा थिए ।’

‘हामी सेमिफाईनलमा उनीसंग युरोपको सिजनमा भिड्नेछौ । उनी २१ बर्ष पुगेका छन् । उनी विश्व च्याम्पियन भैसकेका छन् । उनीसंग कुनै चिजको कमी छैन ।’ चेलिनीले भने ।

‘उनी त्यस्ता खेलाडी हुन्, जसले प्रभाव पार्न सक्छन् । उनी मास्टरपिस हुन् । मलाई पनि लाग्छ, एमबाप्पे नेयमार भन्दा उत्कृष्ट छन् । उनी स्थिर छन् । भविष्य सबै उनको हातमा छ ।’ चेलिनीले थपे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group