ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० औँ विश्व एड्स दिवस सम्पन्न


sharan sharan
१५ मंसिर २०७४, शुक्रबार   ४ : ५०   बजे

काठमाडौं, १५ मंसिर ।यस वर्ष ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारा सहित विभिन्न संस्थाले शुक्रवार राजधानीमा ३० औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रमको आयोजना गरे दिवस मनाएका छन् । सन् २०१७ को जून सम्मको तथ्यांक अनुसार विश्वमा तीन करोड ७० लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ ।

तर अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मुलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट, ¥यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ । सामान्यतः यसका लक्षणहरुमा ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु तथा कुपोषणका लक्षणहरू देखिनु, छालामा विभिन्न समस्या आउनु, दाँत वा गिजामा समस्या आउनु, खोकी वा स्वास फेर्न गाह्रो हुनु, चाँडै थकाइ लाग्नु वा कमजोरी महसुस हुनु यसका लक्षणहरु हुन् । यसबाट बच्न सुरक्षित यौन व्यवहार अपनाउने, सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने, अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए नभएको कुरामा विशेष ध्यान पु¥याउने, रगत दिँदा रगत संक्रमण भए नभएको पक्का गरेर मात्र दिएमा यसबाट बच्न सकिने चिकित्सकको भनाई छ ।

नेपालमा मात्रै एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७ सय ३५ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकले बताएको छ । एचआइभि एड्स नियन्त्रणका लागि शहरमुखी कार्यक्रम भएपनि सबै दुर्गम ठाउँमा प्रभावकारी प्रचार हुन सकेको छैन ।
आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन । तर विभिन्न औषधीहरुले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन् पहिलेको तुलनामा नेपालमा यसबाट संक्रमित मृत्युदरमा भने कमी आएको छ ।

तर यस्ता कार्यक्रमहरु शहर केन्द्रित भइदिदा गाउँ गाउँमा भने यसबारे जनचेतनाबाट सर्वसाधारण बञ्चित छन् । विभिन्न तथ्यांकहरुका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआईभी संक्रमण देखिएको हो । त्यसमध्ये करिव ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यामबाट हुने गरेको पाइएको छ । नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्ससम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन भईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pakistan Army Chief Munir Visits Iran Amidst Stalled US-Iran Negotiations

Ceferin Declines FIFA Presidential Bid, Urges Infantino to Resign

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

दुर्गा प्रसाईँको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

सरकार–लघुवित्तपीडित १४ बुँदे सहमति अस्वीकार गर्दै दुर्गा प्रसाईंको अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu