ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार–लघुवित्तपीडित १४ बुँदे सहमति अस्वीकार गर्दै दुर्गा प्रसाईंको अभियान


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले सरकार र लघुवित्तपीडितबीच भएको १४ बुँदे सहमति अस्वीकार गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै अभियानले सरकार र केही ‘परिचालित’ अभियन्ताबीचको मिलेमतोमा सहमति गरिएको आरोप लगाएको हो। अभियानले उक्त सहमति तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भएको भनिएको १२ बुँदे सहमतिको समेत विपरीत रहेको दाबी गरेको छ।

अभियानले दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही अभियन्तालाई अघि सार्दै आफ्नो अभियानलाई कमजोर बनाउन खोजिएको आरोप लगाएको छ। पीडितका वास्तविक माग सम्बोधन गर्नुको सट्टा सहमतिका नाममा विषयलाई ढाकछोप गरिएको उसको दाबी छ।

अभियानले विज्ञप्तिमार्फत लामो पैदलयात्रा गरेर काठमाडौं आएका लघुवित्त, बैंक तथा सहकारीपीडितलाई धैर्यधारण गर्न आग्रह गरेको छ। अभियान समाप्त नभएको भन्दै उसले पीडितको पक्षमा आफ्नो संघर्ष जारी रहने जनाएको छ।

सर्लाहीको हरिवनबाट साउन ११ गते पैदलयात्रा गर्दै काठमाडौं आएका लघुवित्तपीडित, बैंकको लिलामीमा परी घरबारविहीन भएका तथा सहकारीपीडितले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगअगाडि धर्ना दिएका थिए। उनीहरूसँग सरकारले शनिबार १४ बुँदे सहमति गरेपछि अधिकांश पीडितलाई घर फर्काइएको थियो।

तर, दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेर सहमति गरिएको र महत्वपूर्ण विषयमा आफ्नो अभियानलाई अलग गरिएको भन्दै प्रसाईं नेतृत्वको महाअभियानले असहमति जनाएको हो। अभियानले सहमतिले पीडितका समस्या समाधान गर्नेभन्दा थप जटिल बनाउने दाबीसमेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भारत लैजाँदै गरेको अवस्थामा १५ किलो चरेस र अफिमसहित पाँच महिला पक्राउ

राप्रपामा ‘डबल ह्विप’को संकट, किरण थापाको विश्वासको मतमा कुन पक्षमा उभिन्छन् सांसद?

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

Serbia Battles Widespread Wildfires With Aid From EU And Russia

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu