ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए


ABC NEWS
८ भदौ २०८३, सोमबार   १ : ४५   बजे

रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा रोल्पाबाटै नेताहरूको पार्टी परित्याग गर्ने क्रम देखिएको छ। पार्टीको विभिन्न जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यसहित १३ जना नेताले एकैसाथ पार्टी छाडेको घोषणा गरेका छन्।

रोल्पाको गङ्गादेव गाउँपालिका निवासी तथा पार्टीका केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’ सहित १३ जनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रोल्पालाई विप्लव नेतृत्वको पार्टीले आफ्नो बलियो राजनीतिक आधार क्षेत्रका रूपमा दाबी गर्दै आएको थियो।

पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य नन्दे वली ‘मङ्गल’, जिल्ला सदस्य पूर्णबहादुर वली, गाउँपालिका सदस्य धनबहादुर केसी, तिलक महरा, मनवीर घर्ती, लोकेन्द्र डाँगी, युवा सङ्गठन नेपालका गाउँपालिका सदस्य रुद्र केसी, हिरालाल वली, कमल वली, निर्मण वली र लेखनाथ डिसीलगायत रहेका छन्।

उनीहरूले पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा, संगठनात्मक गतिविधि तथा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको बताएका छन्।

पार्टी छाडेका वलीसहितका नेताहरूले सिलु नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्।

यसअघि पनि रुपन्देहीका वसन्त श्रेष्ठ, शरद वलीलगायतका नेताहरूले विप्लव नेतृत्वको नेकपा (माओवादी) परित्याग गरेका थिए। पार्टीभित्रको राजनीतिक तथा संगठनात्मक विवादका कारण असन्तुष्ट नेताहरूले छुट्टै धार निर्माण गर्दै आएको पृष्ठभूमिमा रोल्पाबाट भएको यो पछिल्लो बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विप्लव नेतृत्वको पार्टीले पछिल्लो समय संगठनात्मक अनुशासन र राजनीतिक कार्यदिशाको विषयमा असहमति जनाउने नेता–कार्यकर्तामाथि कारबाही गर्दै आएको आरोप लाग्दै आएको छ। यही असन्तुष्टि र आन्तरिक टकरावका बीच एकपछि अर्को नेता पार्टीबाट बाहिरिन थालेपछि संगठनभित्रको चुनौती थपिएको देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu