ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : १५   बजे

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

प्रदेश सभा सचिवालयले दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी दिएको हो।

कार्यसूचीअनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि मुख्यमन्त्री आचार्यले उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनेछन्। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

४२ मत आवश्यक

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेश सभामा ८३ जना सदस्य छन्। सरकार जोगाउन मुख्यमन्त्रीलाई कम्तीमा ४२ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। आचार्यले आवश्यक बहुमतभन्दा बढी समर्थन जुटाउने तयारी गरिरहेका छन्।

साना दलको समर्थन जुटाउने प्रयास

विश्वासको मत लिनुअघि आइतबार राति एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेकपाका प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’, पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जोखबहादुर महरालगायत नेताहरूबीच छलफल भएको थियो।

बैठकले साना दलहरूसँग समन्वय गरी आवश्यक मत जुटाउन तथा सरकार सञ्चालनको रणनीति बनाउन मुख्यमन्त्री आचार्यलाई निर्देशन दिएको छ।

मुख्यमन्त्री आचार्यले पनि विश्वासको मत प्राप्त गर्न आवश्यक निर्णायक समर्थन जुटाउने प्रयास भइरहेको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बन्धित

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

रोल्पा पहिरोपीडितको निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न नेकपाको माग

लुम्बिनीमा एमाले नेतृत्वकै सरकारलाई मसालको समर्थन

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu