ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पा पहिरोपीडितको निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न नेकपाको माग


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रोल्पामा पहिरोमा परी घाइते भएकाहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले शुक्रबार विज्ञप्ति जारी गर्दै पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन्।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढिरहेको भन्दै नेकपाले जोखिमयुक्त बस्तीमा थप क्षति हुन नदिन तत्काल उद्धार तथा सुरक्षाका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीले जोखिममा रहेका स्थानीयको तत्काल जीवनरक्षा, पहिरोपीडितको खोज तथा उद्धार र विस्थापितको पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ।

नेकपाले दीर्घकालीन रूपमा पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनर्वासको व्यवस्था गर्नसमेत माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “मृतकका परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन र त्यस्ता जोखिमयुक्त बस्तीमा हुनसक्ने सम्भावित थप क्षतिप्रति सचेत रहँदै तत्काल स्थानीय जनताको जीवनरक्षा, पीडितहरूको उद्धार, विस्थापितहरूको पुनर्स्थापना र दीर्घकालीन रूपमा स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।”

नेकपाले पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन, घाइतेको उपचार र विस्थापित परिवारको पुनर्स्थापनामा सक्रिय रूपमा जुट्न सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरो तथा बाढीको जोखिम बढिरहेका बेला नेकपाले सरकारको विपद् व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सम्बन्धित

लुम्बिनीमा एमाले नेतृत्वकै सरकारलाई मसालको समर्थन

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

सुस्तामा नदी कटान नियन्त्रणका लागि तत्काल बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीको निर्देशन

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि बेपत्ता, जंगलमा मोटरसाइकल भेटियो

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु, माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu