ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   ८ : ५५   बजे

अर्घाखाँची / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सालझण्डी-सन्धिखर्क–-ढोरपाटन सडक आयोजना अब तीव्र गतिमा अघि बढ्ने बताएका छन् । शनिबार सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्धिखर्क पुगेका मन्त्री लम्सालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताएका हुन् ।

मन्त्री लम्सालले कालोपत्रे गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडक खण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिए ।

लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको यो सडक आयोजना पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको मन्त्री लम्सालको भनाइ छ ।

सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, पाल्पा, बागलुङलगायतका जिल्लाका नागरिकलाई आवागमनमा सहजता पुग्ने तथा ढोरपाटनसम्मको पहुँच थप सहज बन्ने अपेक्षा गरिएको छ ।

मन्त्री लम्सालले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी समेत दिए ।

सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने यो सडकलाई रणनीतिक महत्वको सडकका रूपमा हेरिएको छ।

१९७ किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने भएकाले पर्यटन, व्यापार, कृषि, सेवा र रोजगारीका दृष्टिले यसको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ ।

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक आयोजना आर्थिक वर्ष २०६६/०६७ मा स्थापना भएको हो । १९७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यका साथ अर्घाखाँचीको सन्धिखर्कमा आयोजना कार्यालय स्थापना गरिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ सम्म जम्मा १८ किलोमिटर मात्रै कालोपत्रे सम्पन्न भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा थप ४.५ किलोमिटर र आर्थिक वर्ष २०८२/०८३ मा थप २४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

यससँगै हालसम्म ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

विश्व आदिवासी दिवस आज : ४७ करोडभन्दा बढी आदिवासी समुदायको अधिकार, विश्वभर विविध कार्यक्रम

सम्बन्धित

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु, माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu