ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई प्रमुख सहरबाट ५जी सेवा सुरु गर्ने गरी चरणबद्ध कार्ययोजना पेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले ४जी सेवाको पहुँच र गुणस्तर सुधारसँगै ५जी विस्तारको तयारी अघि बढाउन सेवा प्रदायकलाई निर्देशन दिएको हो। सेवा गुणस्तर, नेटवर्क विश्वसनीयता, डेटा गति, उपभोक्ता गुनासो व्यवस्थापन र साइबर सुरक्षासम्बन्धी ८ बुँदे निर्देशनसमेत जारी गरिएको छ।

तर ५जी सञ्चालनका लागि आवश्यक ठूलो लगानी र त्यसको प्रतिफल सुनिश्चित नहुँदा सेवा प्रदायक तत्काल लगानी गर्न उत्साहित देखिएका छैनन्। नेपालमा ५जी पूर्वाधार निर्माणका लागि करिब ७० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

नेपाल टेलिकमले करिब तीन वर्षअघि ५जीको परीक्षण गरिसकेको भए पनि व्यावसायिक रूपमा सञ्चालन गर्न भने पूर्वाधार लागत र प्रतिफलको अनिश्चिततालाई मुख्य चुनौतीका रूपमा लिएको छ। एनसेलको इजाजतपत्रको अवधि तथा भविष्यमा सरकारी स्वामित्वमा जाने व्यवस्थाले पनि थप पूर्वाधार लगानीमा अन्योल सिर्जना गरेको छ।

प्राधिकरणले सेवा प्रदायकलाई नेटवर्कको अवस्था, सेवा अवरोध, डेटा गति र ग्राहक सन्तुष्टिसम्बन्धी विवरण नियमित रूपमा बुझाउन निर्देशन दिएको छ। ग्राहक सहायता प्रणालीमा एआईलगायत प्रविधिको प्रयोग गर्न र २४सै घण्टा गुनासो सुनुवाइको व्यवस्था गर्नसमेत भनिएको छ।

त्यस्तै, सेवा नपुगेका क्षेत्रमा नेटवर्क विस्तार, फ्रिक्वेन्सीको प्रभावकारी उपयोग र दूरसञ्चार पूर्वाधार साझा प्रयोगमार्फत लागत घटाउन प्राधिकरणले जोड दिएको छ।

प्राधिकरणका अनुसार निर्देशन कार्यान्वयन भएपछि ४जी सेवाको गुणस्तर सुधारसँगै नेपालमा ५जी तथा नयाँ पुस्ताको दूरसञ्चार प्रविधि विस्तारको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भूमिगत सम्पदामा नयाँ रणनीति: युरेनियमदेखि ‘रेयर अर्थ’सम्म संघको नियन्त्रण, खानी क्षेत्रमा नयाँ कानुनी युगको तयारी

१३ वर्षपछि फेरि चले हेटौँडा कपडा उद्योग: परीक्षण उत्पादन सुरु

नेपालमा सार्वजनिक  लिपमोटर बी०३एक्स : ५०५ किमि रेन्ज, ४४.९९ लाखमै पहिलो १०० ग्राहकलाई उपलब्ध

कतिआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ ६४ पैसामा कारोबार छ आज डलरको भाउ ?

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न आशंकामा पाँच जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu