ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि चीनसँगको व्यापार संकटमा, तातोपानी–कोरला–हिल्सा हुँदै सामान ल्याउने तयारी


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   २ : ४५   बजे

काठमाडौं । यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको प्रमुख मार्ग रसुवागढी–केरुङ नाकाको भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि चीनबाट नेपालमा हुने आयात प्रभावित भएको छ।

बाढीले नेपाल र चीन दुवैतर्फका भन्सार कार्यालय, सडक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी–केरुङ नाका तत्कालै पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ। त्यससँगै सरकारले चीनबाट नेपालमा सामान भित्र्याउन तातोपानी, कोरला र हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने तयारी अघि बढाएको छ।

केरुङमा रोकिए १७६ मालवाहक कन्टेनर

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार केरुङमा अहिले १७६ वटा मालवाहक गाडी रोकिएका छन्। ती कन्टेनरमा दशैँ–तिहार तथा जाडोयामलाई लक्षित गरी ल्याइएका फलफूल, लत्ताकपडा, जुत्ता–चप्पल, कस्मेटिकलगायतका सामान छन्।

केरुङमा करिब ७०–७१ जना चालक मात्र रहेकाले सबै कन्टेनरलाई एकैपटक नेपाल ल्याउन सम्भव नरहेको व्यवसायीहरूको भनाइ छ।

विशेषगरी फलफूलजस्ता छिट्टै बिग्रिने सामान तत्काल नेपाल ल्याउनुपर्ने दबाब व्यवसायीमाथि छ।

कार्कीका अनुसार तातोपानी नाका प्रयोग गर्न सकिएमा केरुङमा रोकिएका सामान छोटो दूरीबाटै काठमाडौं ल्याउन सकिन्छ। त्यसैले व्यवसायीहरूले केरुङमा रोकिएका कन्टेनरलाई तातोपानी हुँदै नेपाल ल्याउन दिन माग गरिरहेका छन्।

११३ नेपालीलाई तातोपानी हुँदै फर्काउने तयारी

बाढीपछि चीनको केरुङमा रहेका नेपाली नागरिकलाई पनि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार ११३ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल फर्काउने तयारी भइरहेको छ।

केरुङमा लामो समयदेखि व्यवसाय तथा विभिन्न पेसामा संलग्न नेपालीको संख्या करिब १ हजार ६ सयदेखि १ हजार ७ सय रहेको छ। त्यस्तै बाढी आउनुअघि करिब ३ हजार ५ सय नेपाली पर्यटक चीनतर्फ रहेकोमा अधिकांश नेपाल फर्किसकेका छन्। अहिले करिब ७–८ सय नेपाली पर्यटककेरुङमा रहेको बताइएको छ।

कैलाश मानसरोवरको यात्रा तथा परिक्रमा सामान्यतः तीन–चार दिन लाग्ने भएकाले केही पर्यटक अहिले पनि फर्किने क्रममा छन्।

केरुङमा रहेका नेपालीमध्ये नेपाल फर्किन चाहनेलाई प्राथमिकताका आधारमा समूह बनाएर पठाउने तयारी भइरहेको निरौलाले बताए।

विशेषगरी परिवारका सदस्य हराएका, घरसम्पत्ति गुमाएका वा अन्य आकस्मिक समस्यामा परेकालाई पहिलो चरणमा नेपाल फर्काउने तयारी गरिएको छ।

तातोपानी नाका बन्द, तर रि–रुटको प्रयास

चीनले भदौ १४ गतेदेखि तातोपानी नाका अस्थायी रूपमा बन्द गरेको छ। कार्गो गाडीको आवागमन रोकिए पनि पर्यटक सवारीसाधन भने सञ्चालनमा रहेको बताइएको छ।

चीनतर्फ पछिल्ला दिनमा वर्षा भइरहेकाले थप बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर नाका अस्थायी रूपमा बन्द गरिएको हुन सक्ने महावाणिज्यदूत निरौलाको भनाइ छ।

यद्यपि नेपाली पक्षले केरुङमा रोकिएका कन्टेनरलाई तातोपानी नाकाबाट नेपाल ल्याउने गरी रि–रुट गर्न चीनसँग औपचारिक अनुरोध गरिसकेको छ।

निरौलाका अनुसार यसका लागि चिनियाँ पक्षको अनुमति तथा प्राविधिक समन्वय आवश्यक हुन्छ।

“कन्टेनर रि–रुट गर्न हामीले अफिसियल रिक्वेस्ट गरिसकेका छौँ। उहाँहरूले सकेसम्म चाँडो गर्ने भन्नुभएको छ। तर ठ्याक्कै मिति भने आइसकेको छैन।”

तातोपानी, कोरला र हिल्सा विकल्प

रसुवागढी–केरुङ नाका तत्काल सञ्चालनमा आउन नसक्ने भएपछि नेपालले चीनबाट सामान ल्याउन उपलब्ध वैकल्पिक नाकाहरूको उपयोग गर्ने तयारी गरेको छ।

हाल तातोपानी, कोरला र हिल्सा नाकाबाट सामान ल्याउने विकल्पमा काम भइरहेको छ। कुन सामान कुन नाकाबाट ल्याउँदा कम समय र कम खर्च लाग्छ भन्ने आधारमा कस्ट एनालाइसिस गरेर रुट निर्धारण गर्ने तयारी भइरहेको निरौलाले बताए।

उनका अनुसार तीनवटै नाकालाई निरन्तरता दिने गरी नेपाली पक्षले गृहकार्य गरिरहेको छ।

विशेषगरी केरुङमा रोकिएका कन्टेनरलाई तातोपानी हुँदै काठमाडौं ल्याउन सकिएमा व्यापारिक क्षति केही कम गर्न सकिने अपेक्षा गरिएको छ।

कोरलाबाट ल्याउँदा महँगो पर्ने व्यवसायीको चिन्ता

व्यवसायीहरूले भने कोरला नाकाबाट सामान ल्याउँदा समय र ढुवानी लागत दुवै बढ्ने बताएका छन्।

अध्यक्ष कार्कीका अनुसार तातोपानीबाट सामान लोड गरेर एक–दुई दिनमै काठमाडौं ल्याउन सकिन्छ। तर मुस्ताङको कोरला हुँदै काठमाडौं ल्याउँदा ८–१० दिनसम्म लाग्न सक्ने अवस्था छ।

कोरला क्षेत्रमा भरियाको संख्या सीमित हुनु, सामान लोड–अनलोड गर्दा पालो कुर्नुपर्ने तथा दूरी बढी हुनुका कारण ढुवानी खर्चसमेत बढ्ने व्यवसायीहरूको भनाइ छ।

विशेषगरी अहिले केरुङमा रोकिएका फलफूललगायत छिट्टै बिग्रिने सामानका लागि तातोपानी नाका सबैभन्दा व्यवहारिक विकल्प हुने उनीहरूको तर्क छ।

२०७२ पछि कमजोर बनेको तातोपानीमा फेरि निर्भरता

२०७२ सालको भूकम्पपछि तातोपानी नाका नियमित र पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। त्यसपछि नेपाल–चीन व्यापारका लागि रसुवागढी–केरुङ नाका क्रमशः प्रमुख मार्गका रूपमा विकसित भएको थियो।

तर भोटेकोसी बाढीले रसुवागढी क्षेत्रको संरचना नै तहसनहस बनाएपछि नेपाल फेरि तातोपानीसहितका वैकल्पिक नाकातर्फ फर्किनुपर्ने अवस्था आएको छ।

व्यापारीका लागि अहिलेको मुख्य चुनौती रोकिएका सामानलाई कसरी छिटो, सुरक्षित र कम लागतमा नेपाल भित्र्याउने भन्ने हो।

रसुवागढी–केरुङ नाका पुनः सञ्चालनमा आउन लामो समय लाग्ने अवस्था रहेमा तातोपानी नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा चीनबाट आयात हुने सामानको लागत बढ्ने व्यवसायीहरूको चेतावनी छ।

यसकारण तत्कालीन राहतका रूपमा रोकिएका नेपाली नागरिक र कन्टेनरलाई वैकल्पिक नाकाबाट नेपाल ल्याउनुका साथै दीर्घकालीन रूपमा तातोपानी, कोरला र हिल्सा तीनवटै नाकालाई प्रभावकारी र नियमित व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी प्रभावित जलविद्युत् आयोजनामा उद्धारको प्रगति लिए मन्त्रीद्वयले जानकारी

रसुवा भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ स्काउटलाई उद्धार सामग्री

प्रधानसेनापति सिग्देलद्वारा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको निरीक्षण

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का अस्पताल भर्ना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu