ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३१   बजे

चितवन । झण्डै सात वर्षसम्म धुलो, हिलो, जाम र सास्तीको पर्याय बनेको नारायणगढ–बुटवल सडकखण्ड अहिले यात्रुका लागि सहज बनेको छ। सडकको अधिकांश निर्माण सम्पन्न भएसँगै नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर दूरी अहिले डेढदेखि दुई घण्टामै पार गर्न सकिने अवस्था बनेको हो। एक समय यही सडक पार गर्न १० देखि १२ घण्टासम्म लाग्ने र कतिपय यात्रुले रात नै सडकमा बिताउनुपर्ने अवस्था थियो। अहिले भने निजी तथा सार्वजनिक सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन्।

यात्रु र व्यवसायीहरूले सडक विस्तारपछि विगतको सास्ती अन्त्य भएको अनुभव सुनाएका छन्। कतिपयले एक घण्टा ३० मिनेटमै बुटवल–नारायणगढ यात्रा पूरा गरेको बताएका छन् भने सार्वजनिक यातायातसमेत यात्रु चढाउँदै–ओराल्दै तीन घण्टाभित्र गन्तव्य पुग्न थालेका छन्। दाउन्ने क्षेत्रमा हुने लामो जाम, दैनिक सवारी बिग्रिने समस्या र वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता अहिले हटेको व्यवसायीहरूको भनाइ छ।

नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार सडक निर्माणको करिब ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना र केही स्थानमा नाली निर्माणको काम मात्र बाँकी छ। करिब १७ अर्ब रुपैयाँ लागतको यो आयोजना एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा निर्माण भइरहेको हो। दुई लेनको सडकलाई चार लेन तथा बजार क्षेत्रका २८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गरिएको छ। पटक–पटक म्याद थपिँदै आएको यो आयोजना अन्तिम चरणमा पुगेसँगै पूर्व–पश्चिम यात्रा अब धेरै सहज र छिटो भएको यात्रुहरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu