ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : ४५   बजे

बाँके । बाँकेको कोहलपुरबाट प्रहरीले १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी रहेका छन्।

लागुऔषधसँगै उपकरण र नगद बरामद

प्रहरीका अनुसार उनीहरूको साथबाट अफिम र चरेसका अतिरिक्त एक थान डिजिटल तराजु, ५ हजार रुपैयाँ नगद र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड हवाइफायर समेत गरेको जनाएको छ।

अनुसन्धान अघि बढाइयो

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।

प्रहरीका अनुसार कोहलपुर तथा बाँके क्षेत्रमा यसअघि पनि विशेष सूचनाका आधारमा लागुऔषधसहित विभिन्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन्। पछिल्लो बरामदगीले यस क्षेत्रमा लागुऔषधको ओसारपसार नियन्त्रणका लागि प्रहरी निगरानी थप कडा बनाइएको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

सम्बन्धित

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

रोल्पा पहिरोपीडितको निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न नेकपाको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu