ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ७ : २५   बजे

रुपन्देही । लुम्बिनी प्रदेशमा जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन्। ती घटनामा परी ८५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते र दुई जना बेपत्ता रहेका छन्।

शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार पानीमा डुबेर मात्रै ५८ जनाको मृत्यु भएको छ। बाढीमा चार, चट्याङमा सात, पहिरोमा १० तथा अत्यधिक वर्षासँग सम्बन्धित घटनामा थप ६ जनाले ज्यान गुमाएका छन्।

रोल्पा जिल्लामा यस वर्ष मनसुनजन्य विपद्का कारण चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ। थवाङ गाउँपालिकामा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा छ जना तथा लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको छ।

विपद्बाट रोल्पाका चार स्थानीय तहमा ११ घरपरिवार विस्थापित भएका छन्। थप ३१८ घरपरिवार विपद्को उच्च जोखिममा रहेको जनाइएको छ।

राहत र पूर्वाधार मर्मत

परिषद्ले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत खर्च गरिनेछ।

रोल्पाको थवाङ गाउँपालिका–५ स्थित उवा खोलाको सडक पुलको एकतर्फको विङ वाल बाढीले बगाएपछि पुलको पहुँच सडकमा ठूलो खाल्डो परेको थियो। आवागमन अवरुद्ध भएपछि तत्काल मर्मतका लागि ५० लाख रुपैयाँ निकासा गरिएको छ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत आवश्यक छ। उक्त रकम सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत खर्च गरिनेछ।

रोल्पामा राहत सामग्री पठाइयो

नेपालगञ्ज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पा पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय, रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो।

नेपालगञ्जस्थित गोदाममा रहेका प्रयोग म्याद नाघेका राहत सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको छ। डढेलो, आगलागी तथा बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउन मौज्दात खानेपानीका पाइप आवश्यकता अनुसार प्रयोग गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ।

विपद् जोखिम कायमै

मनसुनजन्य विपद्को जोखिम अझै कायमै रहेकाले परिषद्ले विषयगत समितिका ‘क्लस्टर’ नेतृत्व गर्ने मन्त्रालय तथा निकायलाई तत्काल बैठक राखेर सक्रिय हुन निर्देशन दिएको छ।

प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा विपद्बाट प्रभावित परिवारलाई राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।

ठूलो जनधनको क्षति भएकाले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त सडक र पूर्वाधार मर्मतलाई प्राथमिकता दिने उनले बताए।

‘घटना घट्न नहुने थियो, तर घटना घटिसकेको छ। सरकारको तर्फबाट पीडितहरूले पाउनुपर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रूपमा लिनुहुनेछ,’ उनले भने।

मुख्यमन्त्री आचार्यले प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए। विपद्पछि खोज तथा उद्धारमा सक्रियता देखाएको भन्दै उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

पूर्वतयारीमा जोड

मनसुन अझै समाप्त नभएकाले भदौको अन्त्यतिर समेत ठूलो वर्षाको सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा राख्न मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन्।

उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन तथा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायलाई थप सक्रिय बनाउनुपर्ने बताए। उद्धारमा ढिलाइ हुँदा पीडित परिवारले थप पीडा भोग्नुपर्ने भन्दै सम्भावित विपद्का लागि प्रभावकारी पूर्वतयारी र प्रतिकार्य योजना बनाउन उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu