ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व आदिवासी दिवस आज : ४७ करोडभन्दा बढी आदिवासी समुदायको अधिकार, विश्वभर विविध कार्यक्रम


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं — विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्परागत ज्ञानको संरक्षण तथा उनीहरूले भोगिरहेका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले आज ३२औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ डिसेम्बर २३ मा पारित गरेको महासभाको निर्णयअनुसार हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाइँदै आएको हो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक यही मितिमा बसेको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका करिब ९० देशमा ४७ करोड ६० लाखभन्दा बढी आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिब समुदायमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका सदस्य छन्।

विश्वभर बोलिने करिब सात हजार भाषामध्ये अधिकांश भाषा आदिवासी समुदायसँग सम्बन्धित रहेको र उनीहरूले करिब पाँच हजार फरक संस्कृतिसंरक्षण गर्दै आएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।

आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्नो विशिष्ट भाषा, संस्कृति, परम्परा, जीवनशैली तथा प्रकृतिसँगको सहअस्तित्वमा आधारित ज्ञान प्रणालीलाई जोगाउँदै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक पहिचान बहुसंख्यक समुदायभन्दा फरक रहेको मानिन्छ।

विश्व आदिवासी दिवसका अवसरमा आदिवासी समुदायको भूमि, प्राकृतिक स्रोत, भाषा, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड दिइन्छ। साथै उनीहरूको अधिकारको सम्मान, समावेशी विकास र सामाजिक न्याय सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आग्रह गरिन्छ।

नेपालमा पनि विभिन्न आदिवासी जनजाति संगठन, सामाजिक संस्था र सरोकारवाला निकायले र्‍याली, सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा विचारगोष्ठी आयोजना गरी दिवस मनाइरहेका छन्। नेपालको संविधानले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने व्यवस्था गरेको भए पनि ती अधिकारको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ।

विश्व आदिवासी दिवसले आदिवासी समुदायलाई केवल सांस्कृतिक सम्पदाका रूपमा होइन, दिगो विकास, जैविक विविधता संरक्षण र प्रकृतिमैत्री जीवनशैलीका महत्वपूर्ण साझेदार का रूपमा स्थापित गर्दै उनीहरूको सम्मान, समान अवसर र अधिकार सुनिश्चित गर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतिआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ ६४ पैसामा कारोबार छ आज डलरको भाउ ?

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न आशंकामा पाँच जना पक्राउ

दुई अटो शो, फरक रणनीति: नयाँ ब्रान्डको प्रवेश, अटो बजारमा प्रतिस्पर्धा चुलिँदै

पश्चिमी क्यानडामा डढेलो भयावह बन्दै, आगोको क्षेत्रफल दोब्बर; हजारौँ विस्थापित

Two Trains Collide in Croatia, Leaving at Least 20 Injured

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu