ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्तामा नदी कटान नियन्त्रणका लागि तत्काल बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीको निर्देशन


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

पश्चिम नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीस्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटानको स्थलगत निरीक्षण गर्नुभएको छ।

स्थानीय जनप्रतिनिधि र बासिन्दासहित सुस्ता पुग्नुभएका मुख्यमन्त्री आचार्यले नदी कटानबाट जोखिममा रहेका क्षेत्रहरूको अवलोकन गर्नुभएको हो।

निरीक्षणपछि मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै तत्काल विपद् कोषबाट खर्च हुने गरी बजेट व्यवस्थापन गर्न निर्देशन दिनुभयो।

उहाँले बजेट अभावका कारण सुस्ता क्षेत्रमा नदी कटान नियन्त्रणको काम नरोकिने बताउनुभयो।

“बजेटको अभावका कारण सुस्ता क्षेत्रको नदी कटान नियन्त्रणको काम रोकिने छैन। प्रदेश सरकारले यस विषयमा आवश्यक ध्यान दिन्छ र तत्काल गर्नुपर्ने काम आजैबाट सुरु हुन्छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो।

सीमा क्षेत्रमा सुरक्षा समन्वय

मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रमा उत्पन्न हुनसक्ने चुनौती तथा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने बताउनुभयो।

सीमा क्षेत्रमा उच्च मनोबलका साथ खटिएर राष्ट्रिय सीमा तथा नेपालको भूमि जोगाउन योगदान पुर्‍याइरहेका सुरक्षा निकाय र स्थानीय समुदायको प्रयासको उहाँले प्रशंसा गर्नुभयो।

दीर्घकालीन समाधानको माग

सुस्तावासीले वर्षायाममा मात्र नभई दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण, नदीको बहाव व्यवस्थापन तथा आवश्यक संरचना निर्माणका लागि सरकारसँग माग गरेका छन्।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले एक सातादेखि स्थानीय बासिन्दा नारायणी नदीको कटान रोक्न निरन्तर खटिरहेको बताउनुभयो।

उहाँका अनुसार नदी कटान नियन्त्रणका लागि स्थानीयको प्रयाससँगै संघीय तथा प्रदेश सरकारबाट समेत सहयोग प्राप्त हुन थालेको छ।

सुस्ता क्षेत्रमा नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक संरचना निर्माण र प्रभावकारी नदी व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षापछि बीपी राजमार्गमा पहिरो : पिन्थली र नार्के क्षेत्रमा सडक पूर्ण अवरुद्ध

काठमाडौं उपत्यकामा ६ घण्टादेखि निरन्तर वर्षा, दिउँसो फेरि भारी वर्षाको सम्भावना

सम्बन्धित

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि बेपत्ता, जंगलमा मोटरसाइकल भेटियो

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु, माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu