ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि बेपत्ता, जंगलमा मोटरसाइकल भेटियो


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   १२ : ०५   बजे

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। उनी शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएको खुलेको हो।

सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरुसिंगे जंगलभित्र फेला परेको छ। तर मोटरसाइकल भेटिएको स्थान आसपास खोजी गर्दा पनि सिंहको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। खोजीमा तालिमप्राप्त कुकुर र ड्रोनसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टले हालसम्म सिंहबारे कुनै नयाँ तथ्य फेला नपरे पनि खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिए।

शुक्रबारदेखि नै खोजी

एसपी भट्टका अनुसार सिंहले आफू समस्यामा परेको जानकारी आफन्तलाई समेत गराएको देखिएको छ।

उनका अनुसार शुक्रबार नै आफन्तले सिंहको खोजी सुरु गरेका थिए। तर उनी नभेटिएपछि साँझ करिब ६ बजेतिर प्रहरीलाई सिंह हराएको जानकारीदिइएको थियो।

त्यसपछि प्रहरीले राति करिब २ बजेसम्म खोजी गरे पनि सिंह फेला नपरेको एसपी भट्टले बताएका छन्।

‘मेयर सिंहले आफू समस्या परेको जानकारी आफ्ना आफन्तलाई पनि गरेको देखिन्छ। शुक्रबार नै आफन्तले समेत उहाँको खोजी गर्नुभएको थियो। तर नभेटिएपछि करिब ६ बजेतिर हामीलाई पनि हराएको जानकारी आएको थियो,’ एसपी भट्टले भिडियो सन्देशमार्फत भनेका छन्, ‘हामीले पनि राति २ बजेसम्म खोज्दा भेट्टाउन सकेनौँ।’

रिसोर्ट जाने भन्दै निस्किएका थिए

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे गोरुसिंगे जंगलभित्र निर्माणाधीन आफ्नै रिसोर्टमा जाने भन्दै घरबाट निस्किएका थिए।

तर त्यसपछि उनी सम्पर्कमा आएनन्।

उनले प्रयोग गर्ने मोटरसाइकल भने जंगलभित्र फेला परेपछि प्रहरीले खोजीलाई थप केन्द्रित गरेको हो।

आइतबार बिहानदेखि एसपी भट्टसहितको प्रहरी टोली गोरुसिंगे जंगलमै खटिएर सिंहको खोजी गरिरहेको छ। जंगलको भौगोलिक अवस्थाका कारण खोजी चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल भेटिएको स्थानलाई केन्द्र बनाएर आसपासको क्षेत्रमा खोजी गरिरहेको छ।

खोजीका क्रममा ड्रोनबाट जंगल क्षेत्रको निगरानी गर्नुका साथै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। ठूलो संख्यामा प्रहरी परिचालन गरेर जंगलका विभिन्न क्षेत्रमा खोजी भइरहेको छ।

हालसम्म सिंहको अवस्था वा उनी सम्पर्कविहीन हुनुको कारणबारे कुनै निष्कर्षमा पुग्न नसकिएको प्रहरीले जनाएको छ।

पूर्वमेयर सिंह कहाँ छन् र जंगलमा उनको मोटरसाइकल मात्रै किन भेटियो भन्ने प्रश्नको जवाफ खोज्न प्रहरीले खोजी अभियानलाई थप तीव्र बनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन प्रज्ञा–प्रतिष्ठानमा ८३ जना मनोनीत, ८ जना मन्त्रीको गृहजिल्लाबाट

नेपाल सरकारले रोकेको तिब्बती अध्ययन सम्मेलन अब ‘भर्चुअल’ हुने

सम्बन्धित

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु, माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu