ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ


ABC NEWS
८ भदौ २०८३, सोमबार   २ : ०५   बजे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत हेटौँडा इजलासमा दायर भएका दुई वटा रिटमाथि आज सुनुवाइ हुँदै छ।

दुवै रिटमाथि न्यायाधीश बविता उप्रेतीको एकल इजलासमा पेसी तोकिएको छ। मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधानविपरीत रहेको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

दुवै रिट भदौ ५ गते दर्ता भएका थिए।

रिट निवेदनमा राप्रपा बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको दाबी गरिएको छ। राप्रपाको केन्द्रीय नेतृत्वले उक्त समर्थन आधिकारिक नभएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको अवस्थामा पनि सोही समर्थनलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नियुक्ति बदर गर्न माग गरिएको छ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशसभा, सभामुख, मुख्यमन्त्री किरण थापा मगर, उद्धव थापा, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई विपक्षी बनाइएको छ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार भदौ ४ गते एमाले संसदीय दलका नेता किरण थापा मगरलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।

यसैबीच, मुख्यमन्त्री थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नियुक्तिविरुद्धका रिटमाथि सुनुवाइ हुन लागेको दिन नै विश्वासको मतको प्रक्रिया अघि बढ्न लागेपछि अदालतको आदेशलाई चासोका साथ हेरिएको छ।

प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको भए पनि विश्वासको मतको प्रक्रिया सुरु हुन सकेको छैन।

उच्च अदालत हेटौँडा इजलासका उपरजिस्ट्रार बद्रिप्रसाद लामिछानेका अनुसार रिट पेसीमा चढ्दैमा सरकारको कामकाज वा विश्वासको मत प्रक्रिया स्वतः रोकिने छैन।

‘आदेश जारी नभएसम्म सरकारको कामकाज रोकिँदैन,’ उनले भने, ‘आजको विश्वासको मतलगायत सरकारका अन्य कार्यक्रम पेसी चढेकै कारण रोकिन्नन्। अदालतबाट कस्तो आदेश आउँछ, त्यसले मात्रै फरक पार्छ।’

अब उच्च अदालतको आदेश र प्रदेशसभामा हुने विश्वासको मतको परिणामले बागमती प्रदेशको सत्ता राजनीतिले कुन मोड लिन्छ भन्ने विषय थप चासोको केन्द्रमा रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

North Korea Rejects Trump’s Attempt at Détente Amid Shifting Regional Alliances

Billionaire Donors Fuel Trump’s Political Action Committee

Former Syrian Grand Mufti Sentenced To Life In Prison

Kazakhstan’s Ruling Party Secures Landslide Victory in Parliamentary Election

James Hansen Warns of ‘Super-Duper El Niño’ and Escalating Climate Crisis

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu