ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप


ABC NEWS
८ भदौ २०८३, सोमबार   २ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकार पर्याप्त रूपमा गम्भीर नभएको आरोप लगाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीसम्बन्धी विषयमा भएको छलफलका क्रममा सांसद स्वाँरले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत र प्रशासनिक सुधारमा गम्भीरता देखाउनुपर्ने बताएका हुन्।

उनले उद्योग स्थापना तथा सञ्चालनका क्रममा व्यवसायीले विभिन्न सरकारी निकाय धाउनुपर्ने, अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नुपर्ने र कमिसनको समस्यासमेत सामना गर्नुपर्ने अवस्था रहेको दाबी गरे। प्रभावकारी ‘एकद्वार प्रणाली’को अभावले लगानीकर्तालाई निरुत्साहित बनाइरहेको उनको भनाइ थियो।

लगानी गर्न आउने उद्योगी तथा व्यवसायीलाई विभिन्न निकायका ढोका–ढोका धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। विगतमा नेपालमा स्थापना भएका कतिपय उद्योग बन्द हुनु र स्वदेशी पुँजीसमेत विदेश पलायन हुनु गम्भीर चिन्ताको विषय भएको उनले बताए।

विदेशी तथा मित्रराष्ट्रको सहयोगमा स्थापना भएका उद्योगसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु देशका लागि लज्जास्पद अवस्था भएको सांसद स्वाँरको भनाइ थियो। उनले छिमेकी मुलुकका वायुसेवा कम्पनीले उल्लेख्य प्रगति गरिरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भने ऋणको भारमा फसिरहेको उल्लेख गरे।

उनले विगतमा विभिन्न उद्योग तथा विकास आयोजनामा देखिएका समस्या समाधान नगरे मुलुकमा लगानीको वातावरण थप बिग्रँदै जाने चेतावनी दिए। उद्योगी–व्यवसायीलाई पर्याप्त आधारबिना पक्राउ गर्ने, थुनामा राख्ने र पछि धरौटीमा छाड्ने जस्ता गतिविधिले पनि लगानीकर्तामाझ नकारात्मक सन्देश जाने उनले बताए।

निर्माण क्षेत्रमा पनि व्यवसायीले अनेक समस्या झेलिरहेको उल्लेख गर्दै उनले पहुँच र चाकडीका आधारमा योजना छनोट हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। इमानदारीपूर्वक काम गर्ने निर्माण व्यवसायी नै कालोसूचीमा पर्ने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दै उनले यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साताको पहिलो दिन नै सेयरबजारमा पहिरो, नेप्से १९ अंकले ओरालो

मुख्यमन्त्री किरण थापाको नियुक्तिविरुद्ध रिट : उच्च अदालतले दुवै पक्षलाई बुधबार छलफलमा बोलायो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साताको पहिलो दिन नै सेयरबजारमा पहिरो, नेप्से १९ अंकले ओरालो

बलात्कारपछि हत्या सम्बन्धी कानुन संशोधन गर्न सांसद ज्ञानबहादुर शाहीको माग

चार आंगिक क्याम्पसको आकस्मिक निरीक्षणमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोली

पीडित र अभियुक्तको भिडियो सार्वजनिक नगर्न रास्वपा सांसद विपीन आचार्यको माग

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

दिल्ली र बिहारमा प्रदर्शनकारीमाथि बलप्रयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu