ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री किरण थापाको नियुक्तिविरुद्ध रिट : उच्च अदालतले दुवै पक्षलाई बुधबार छलफलमा बोलायो


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध दायर रिटमा उच्च अदालत पाटन, हेटौँडा इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा लिखित जवाफ माग गर्नुका साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न भदौ १० गते बुधबारको पेशी तोकेको हो।

मुख्यमन्त्री थापा मगरको नियुक्ति संविधान र कानुनविपरीत भएको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र कुमारी तामाङले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

अदालतले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा विपक्षीहरूको धारणा आवश्यक रहेको भन्दै म्याद सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

बुधबार अन्तरिम आदेशबारे बहस

रिटको विषयवस्तु संवैधानिक र राजनीतिक रूपमा समेत महत्वपूर्ण रहेकाले दुवै पक्षको कुरा सुनेपछि मात्र निर्णय गर्नु उपयुक्त हुने अदालतको ठहर छ।

यसका लागि अदालतले भदौ १० गते दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ। छलफलका क्रममा सम्बन्धित पक्षलाई आफूसँग रहेका थप प्रमाण, कागजात तथा कानुनी आधारसहित उपस्थित हुनसमेत भनिएको छ।

बुधबारको छलफलपछि अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।

राप्रपाको समर्थनपछि बढ्यो विवाद

मुख्यमन्त्री थापा मगरलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो।

तर सरकार गठनका क्रममा समर्थन गरेका राप्रपा बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि पार्टी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री नियुक्तिको संवैधानिक र कानुनी वैधतामाथि प्रश्न उठेको हो।

राप्रपा केन्द्रले पार्टीको निर्णयविपरीत सरकार गठनमा समर्थन गरिएको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएपछि थापा मगरको नियुक्तिका लागि प्रस्तुत समर्थनको हैसियतलाई लिएर विवाद चर्किएको छ।

विश्वासको मतको प्रक्रिया भने नरोकिने

उच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै तत्काल मुख्यमन्त्रीको कामकारबाही वा प्रदेशसभा प्रक्रिया रोक्ने आदेश भने दिएको छैन।

उच्च अदालत हेटौँडा इजलासका उपरजिष्ट्रार बद्रिप्रसाद लामिछानेका अनुसार, अन्तरिम आदेश जारी नभएसम्म मुख्यमन्त्रीको विश्वासको मतलगायत प्रदेशसभाका पूर्वनिर्धारित कार्यक्रमहरू नियमित रूपमा अघि बढ्नेछन्।

अब सबैको ध्यान भदौ १० गते हुने छलफलतर्फ केन्द्रित भएको छ। उक्त दिन अदालतले अन्तरिम आदेश जारी गरेमा बागमती प्रदेशको सत्ता समीकरणमा प्रत्यक्ष प्रभाव पर्न सक्नेछ भने आदेश नआएमा मुख्यमन्त्री थापाको नेतृत्वमा सरकारको राजनीतिक प्रक्रिया अगाडि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

‘सरकार फेरिँदैमा राष्ट्रिय प्राथमिकता फेरिनु हुँदैन’ : सांसद रमेशकुमार मल्ल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Lawmakers Demand Stricter Laws to Combat Violence Against Women

Monsoon Activity Brings Rain and Thunderstorm Risk Across Nepal

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

‘सरकार फेरिँदैमा राष्ट्रिय प्राथमिकता फेरिनु हुँदैन’ : सांसद रमेशकुमार मल्ल

Dutch Broadcaster Boycotts Eurovision Over Concerns of Political Bias

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu