ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपामा ‘डबल ह्विप’को संकट, किरण थापाको विश्वासको मतमा कुन पक्षमा उभिन्छन् सांसद?


ABC NEWS
८ भदौ २०८३, सोमबार   १ : ४५   बजे

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्किएको छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा एउटै पार्टीबाट दुई फरक ह्विप जारी भएपछि राप्रपाका प्रदेशसभा सदस्य अन्योलमा परेका छन्।

बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफू निकट डम्बर तामाङलाई प्रमुख सचेतक नियुक्त गर्दै मुख्यमन्त्री किरण थापाको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।

तर, राप्रपा केन्द्रको निर्देशनअनुसार प्रमुख सचेतक कुमारी तामाङले यसअघि नै मुख्यमन्त्री थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन्।

यसरी एउटै दलका सांसदलाई विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्न छुट्टाछुट्टै निर्देशन जारी भएपछि बागमती प्रदेश राप्रपाभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ।

कारबाहीको विवादले झन् चर्कियो टकराव

सोमबार प्रदेशसभा बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही नभएसम्म प्रदेशसभा बैठक सञ्चालन हुन नदिने चेतावनीसमेत दिएकी थिइन्।

पार्टीको केन्द्रीय निर्णय र निर्देशनविपरीत प्रदेश सरकारलाई समर्थन गरेको आरोपमा राप्रपाले उद्धव थापामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको केन्द्रीय नीतिविपरीत सरकारलाई समर्थन गरेको भन्दै केन्द्रले थापामाथि कारबाहीको प्रक्रिया थालेको हो।

राप्रपा केन्द्रले प्रदेश सरकारमा सहभागी नहुने नीति लिएको अवस्थामा उद्धव थापाले प्रदेश सरकारलाई समर्थन गरेका थिए। त्यसयता पार्टी केन्द्र र बागमती प्रदेश संसदीय दलबीच अधिकार तथा राजनीतिक निर्णयको विषयमा विवाद बढ्दै आएको छ।

केन्द्रबाट कारबाहीको प्रक्रिया अघि बढाइए पनि उद्धव थापाले आफू अझै संसदीय दलको नेता रहेको दाबी गर्दै आएका छन्। यही हैसियतमा उनले नयाँ प्रमुख सचेतक नियुक्त गरी मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

यता, कुमारी तामाङले भने पार्टीको आधिकारिक केन्द्रीय निर्णयअनुसार मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेकी छन्।

विश्वासको मतमा राप्रपा निर्णायक?

एउटै दलबाट जारी भएका दुई विपरीत ह्विपमध्ये राप्रपाका सांसदहरूले कुन निर्देशन पालना गर्छन् भन्ने विषय अहिले बागमतीको राजनीतिको मुख्य चासो बनेको छ।

मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदै छन्। सरकारलाई बहुमत जुटाउन आवश्यक मतको समीकरणमा राप्रपाका सांसदको भूमिका निर्णायक बन्न सक्ने अवस्थामा पार्टीभित्रको यो विवादले विश्वासको मतको परिणामलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ।

सत्ता राजनीतिमा रोचक मोड

विश्वासको मत लिनुअघि राप्रपाभित्र देखिएको ‘ह्विपको जुहारी’ ले बागमती प्रदेशको सत्ता राजनीतिलाई थप रोचक र अनिश्चित बनाएको छ। अब एउटै पार्टीका सांसदहरू मुख्यमन्त्रीको पक्षमा उभिन्छन् वा पार्टी केन्द्रको निर्णयअनुसार विपक्षमा मतदान गर्छन् भन्ने प्रश्नको जवाफ प्रदेशसभा बैठकले दिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Former Syrian Grand Mufti Sentenced To Life In Prison

Kazakhstan’s Ruling Party Secures Landslide Victory in Parliamentary Election

James Hansen Warns of ‘Super-Duper El Niño’ and Escalating Climate Crisis

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu