ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न


ABC NEWS
८ भदौ २०८३, सोमबार   २ : १५   बजे

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले कैलालीको गोदावरीमा भएको एक घटनालाई लिएर संसद्मा गम्भीर प्रश्न उठाएका छन्। उनले गाडीको ठक्करबाट घाइते भएकी एक महिलालाई पुनः गाडी ब्याक गरेर हत्या गरिएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले कैलालीको गोदावरी नगरपालिका–२ मा सिन्की बोहराको गाडी ब्याक गरेर हत्या गरिएको आरोप लगाए।

उनका अनुसार गाडीको ठक्करबाट बोहराको खुट्टा भाँचिएको थियो। त्यसपछि पनि गाडी ब्याक गरेर उनलाई किचिएको र घटनामा उनको मृत्यु भएको महरको दाबी छ।

घटनाको विरोधमा मृतकका आफन्त तथा स्थानीयवासी भेला भएपछि प्रहरीले उनीहरूलाई जबर्जस्ती हटाएको आरोपसमेत महरले लगाए। विरोधका क्रममा मृतक बोहराका श्रीमान्समेत घाइते भएको उनले बताए।

“त्यहाँ मृतकका आफन्तहरूसहित स्थानीयहरू भेला भएर घटनाको विरोध गरे,” महरले संसद्मा भने, “प्रहरीले त्यो गाडीका चालकलाई कारबाही गर्नुको साटो जबर्जस्ती त्यहाँबाट उठायो।”

महरले घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साताको पहिलो दिन नै सेयरबजारमा पहिरो, नेप्से १९ अंकले ओरालो

मुख्यमन्त्री किरण थापाको नियुक्तिविरुद्ध रिट : उच्च अदालतले दुवै पक्षलाई बुधबार छलफलमा बोलायो

सम्बन्धित

बलात्कारपछि हत्या सम्बन्धी कानुन संशोधन गर्न सांसद ज्ञानबहादुर शाहीको माग

पीडित र अभियुक्तको भिडियो सार्वजनिक नगर्न रास्वपा सांसद विपीन आचार्यको माग

पूर्वगभर्नर अधिकारीको घरबाट सुन लुटेको आरोप, प्रहरीले चोरलाई पक्राउ गरेको

सांसदको प्रश्न : मुस्ताङमा प्रधानमन्त्री र अमेरिकी प्रतिनिधिबीच भेट भएको हो ?

कांग्रेसद्वारा भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu