ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वगभर्नर अधिकारीको घरबाट सुन लुटेको आरोप, प्रहरीले चोरलाई पक्राउ गरेको


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीको भैँसेपाटीस्थित घरमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रौतहटका ३१ वर्षीय विजय राम महरा चमारलाई चोरी गरिएका सामान फिर्ता गर्न पूर्वगभर्नर अधिकारीकै घर पुगेका बेला प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार महराबाट बरामद सुनचाँदीका गरगहनाको कुल मूल्य १० लाख २० हजार ९०७ रुपैयाँ रहेको छ ।

प्रहरीका अनुसार महरा भैँसेपाटीमा जुत्ता बनाउने पसल सञ्चालन गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा पसल बन्द गरेर फर्किने क्रममा अधिकारीको घरमा ठूलो भीड देखेपछि उनी त्यहाँ पुगेका थिए ।

महराले प्रहरीसँगको बयानमा घरको मुख्य गेट फुटेको र भित्र आगलागी भइरहेको अवस्थामा करिब ६० देखि ७० जना मानिस घरभित्र प्रवेश गरिरहेको देखेको बताएका छन् । केही समयपछि आफू पनि घरभित्र प्रवेश गरी छरिएका सुनचाँदीका गरगहना टिपेर पाइन्टको खल्तीमा राखी डेरामा लुकाएको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०८३ साउन २० गते दिउँसो करिब १२ बजे महरा एक जोर सुनको झुम्का लिएर अधिकारीको घरमा पुगेका थिए । अधिकारीले उनलाई झुम्कासहित देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरीले महराको खानतलासी गर्दा थप चोरीका सामान बरामद गरेको थियो । नख्खुस्थित उनको डेराबाट चाँदीजस्तो देखिने पाउजु, गणेशको मूर्ति, सिक्का, औँठी तथा अन्य सामग्रीसहित दुईवटा सुनका औँठी, एक मुन्द्रा र सातवटा झुम्का बरामद गरिएको प्रहरीले जनाएको छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघले बरामद गरिएका सुन तथा चाँदीका गरगहनाको कुल बजार मूल्य १० लाख २० हजार ९०७ रुपैयाँ कायम गरेको छ । बरामद गरिएका गरगहना पूर्वगभर्नर अधिकारीले फिर्ता लगिसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा अधिकारीको घरमा अपरिचित समूहले प्रवेश गरी तोडफोड र आगजनी गरेको थियो । घटनास्थलको मुचुल्कामा घरका झ्यालका सिसा फुटाइएको तथा टेलिभिजन, सोकेस, फ्रिज, ओभनलगायतका सामान तोडफोड गरिएको उल्लेख छ । दुईवटा निजी सवारीसाधनसमेत तोडफोड गरिएको थियो ।

घरको दोस्रो तलामा रहेको मास्टर बेडरुमको दराज तोडफोड गरी सुनका विभिन्न गरगहना, चाँदीका सिक्का तथा नगद चोरी भएको उल्लेख छ । अधिकारीकी छोरी डा. महिमा अधिकारीको सक्कल प्रमाणपत्रसमेत चोरी भएको जनाइएको छ ।

पूर्वगभर्नर अधिकारीले प्रहरीमा दिएको जाहेरीमा घर तथा धनमालमा भएको कुल क्षति १ करोड ५० लाख रुपैयाँ रहेको दाबी गरेका छन् । तर, महराबाट बरामद चोरीका सामानको मूल्य भने १० लाख २० हजार ९०७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा महराले आफूले आगजनी तथा तोडफोड नगरेको दाबी गरेका छन् । सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ बमोजिम चोरीको कसुरमा अभियोग दायर गरेको छ ।

अभियोगमा उनलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । घटनामा अन्य व्यक्तिको संलग्नताबारे भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

‘सरकार फेरिँदैमा राष्ट्रिय प्राथमिकता फेरिनु हुँदैन’ : सांसद रमेशकुमार मल्ल

सम्बन्धित

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

वीरगञ्जमा प्रोटोनको नयाँ सोरुम, ‘अल–न्यू इ.मास ५’ सार्वजनिक

नेपाली बजारमा ‘न्यू ब्रेजा’ सार्वजनिक, टर्बो इन्जिनदेखि नयाँ सुरक्षा फिचरसम्म

सहकारी ठगीको राजनीतिक जालोमाथि मनोज भट्टको अनुसन्धानमूलक पुस्तक आउँदै

कोसी कटानबाट विस्थापितको पीडा नसुनेको भन्दै सांसद गेलालको आक्रोश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu