ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको घेराभित्र चिकित्सक


एबीसी न्यूज
३ असार २०७७, बुधबार   ९ : ४१   बजे


जाजरकोट, ३ असार । जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।

काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकसमेत घर जान नपाएको बताएका छन् । असार १ गते चिकित्सकलाई आक्रमण गर्ने उद्देश्यले गएको जुलुस र प्रहरीबीच स्वास्थ्य सेवा कार्यालय अगाडि झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरे मेसिनमा क्षति भएको थियो । पानीमा डुबेको शव परीक्षण रिपोर्ट तयार किन पारेको आरोप लगाउँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुँदै आएको छ ।

दैनिक नारा, जुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने बिरामीमा त्रास बढेकाले तीन दिनदेखि बिरामीको उपचारका खटिएका भेरी नगरपालिका–१ का कालीबहादुर रानाले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयमा शव परीक्षणका लागि ल्याएको शवको समेत निर्धारित समयमा परीक्षण गर्ने वातावरण नहुँदा समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख सुनिल पुनले बताउनुभयो । “काम गर्ने वातावरण नै छैन, कसरी काम गर्ने रु”, उहाँले भन्नुभयो । चार एक्सरे गर्ने मुद्दा आएको थियो, तर आन्दोलनकारीको तोडफोडले एक्सरे मेसिनमा समस्या आएपछि रुकुमपश्चिमको चौरजहारीमा पठाएको डा पुनले बताउनुभयो । नलगाड नगरपालिकाको रघुनाथमासमेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचका लागि ल्याइएको स्वाब सदरमुकाम ल्याउने कार्यमा अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

दैनिक हुने आन्दोलनका कारण संसदीय छानविन समितिको अनुसन्धानमा समेत बाधा पुगेको छ । प्रमाण सङ्कलनमा ध्यान दिनुभन्दा पनि आन्दोलन भड्किलो बनाएर क्षति पु¥याउनेतर्फ अधिकांशको ध्यान गएको सुरक्षा अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group