ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त इञ्जिनियर तथा सव इञ्जिनियर द्धारा शपथ ग्रहण


admin
१८ मंसिर २०७४, सोमबार   २ : ०१   बजे

काठमाडौँ, १८ मंसिर । भूकम्प प्रभावित ३१ जिल्लामा जाने नवनियुक्त इञ्जिनियर तथा सव इञ्जिनियरले शपथ लिएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सव इञ्जिनियरले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालबाट आइतबार शपथ लिनुभएको हो । ईश्वर र कुलदेवताको नाममा नवनियुक्त प्रविधिज्ञलाई भुसालले शपथ गराउनुभयो ।

शपथ समारोहलाई सम्बोधन गर्दै उहाँले भूकम्प प्रभावित जनताको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न नवनियुक्त प्रविधिज्ञहरुलाई आग्रह गर्नुभयो ।

“सेवाभावले भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्नुस्, मानवीय सेवामा पक्षपात नगरी काम गरौँ, इञ्जिनियरको सुरक्षाका लागि बीमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर काम गर्नुस्”– उहाँले भन्नुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुली, प्रवक्ता यमलाल भुसाल, शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख तपेन्द्रबहादुर खड्कालगायतले कार्य क्षेत्रमा जाने तयारीमा रहेका नवनियुक्त प्रविधिज्ञलाई पुनःनिर्माणको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्न आग्रह गर्नुभयो ।

भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्रविधिज्ञले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group