ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन प्रचारको अन्तिम दिन ६ किलोमिटर पदयात्रा


admin
१८ मंसिर २०७४, सोमबार   ४ : १३   बजे

काठमाडौँ, १८ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का वाम गठबन्धनका उम्मेदवारले निर्वाचन प्रचारको अन्तिम दिन आज करिब ६ किलोमिटर पदयात्रा गरेका छन् ।

पदयात्रामा काठमाडौँको स्वयम्भूस्थित बुद्धपार्कबाट इन्द्रचोकसम्मका मतदातासँग भेटघाट गर्नुका साथै उनीहरुलाई निर्वाचन प्रक्रियाबारे पनि जानकारी गराइएको थियो ।

यही मंसिर २१ गते हुने चुनावमा विभिन्न मतपत्रमा मतदान गर्दा आउन सक्ने अन्योल र भ्रमबारे मतदातालाई बुझाइएको थियो । स्थानीय किमडोल, भुइखेल, डल्लु, विष्णुमती, टेकु, जैशीदेवल, कोहिटी, मोईपाट, ओमबहाल, झोछे, वसन्तपुर हुँदै इन्द्रचोकलगायत ठाउँमा पदयात्राका क्रममा मतदाता निकै उत्साहित देखिन्थे ।

नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई विकसित राष्ट्र बनाउनका लागि वैचारिक रुपले निकट रहेका वाम शक्तिको गठबन्धन गरिएकाले उक्त गठबन्धनलाई जिताउन जनतालाई आग्रह गर्नुभयो ।

यस क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य पर्यटन क्षेत्रको विकासको लागि ठूलो आधार भएको बताउँदै उहाँले कुमारी घर, भीमसेनस्थान, लाखे घर, स्थानीय जात्रा पर्व, सीतापाइला, मञ्जुश्री पार्कलगायत क्षेत्रलाई सम्पदास्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । शाक्य सोही निर्वाचन क्षेत्रबाट प्रदेश ‘ख’ को उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभाका उम्मेदवार जीवनराम श्रेष्ठले संयुक्त वाम गठबन्धनको चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो अग्रसरतामा नेपाल ओलम्पिक कमिटीले डल्लु आवासमा ठूलो कभर्ड हल बनाउने जानकारी गराउनुभयो ।

प्रदेश ‘क’ का उम्मेदवार राजेश शाक्यले स्थानीय क्षेत्रमा देखिएका सडकका खाल्डाको व्यवस्थापन, पिउने पानी तथा ढल निकासको समाधान खोजिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group