ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३० लाख : ७५ लाख ७५ हजार ५२३ जना निको


एबीसी न्यूज
२९ असार २०७७, सोमबार   ८ : २०   बजे

काठमाडौं, २९ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमितको संख्या १ करोड ३० लाखभन्दा बढी रहेको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९५२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार ७६ पुगेको छ ।

एकै दिन १ लाख २ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । यो सगै सोमबारसम्म ७५ लाख ७५ हजार ५२३ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ५६६ जनाको मृत्यु भएको छ । २५ लाख ७० हजार ९८५ जना संक्रमित भएकोमा १५ लाख ११ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८५ हजार ८०४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३९ लाख ९५ हजार ६८२ पुगेको छ । त्यसमध्ये १८ लाख ३७ हजार ७०० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७० हजार १२४ जनाको मृत्यु भएको छ । २९ लाख ५७ हजार ६४८ जना संक्रमित भएकोमा २० लाख ४४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५ हजार ५५२ जनाको मृत्यु भएको छ । २८ लाख ९३ हजार ३३७ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार २८५ जनाको ज्यान गएको छ भने ५ लाख ९८ हजार २३६ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९८ हजार १९४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ४६० जना संक्रमित भएकोमा ९ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group