ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले अयोध्याबारे स्पष्टीकरण दिइसक्यो, थप टिप्पणी नगरौं – भारत


एबीसी न्यूज
१ श्रावण २०७७, बिहिबार   ९ : ५८   बजे

काठमाडौं, १ साउन । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्याबारेको भनाईका सन्दर्भमा कुनै टिप्पणी नगर्ने जनाएको छ।

बिहिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री ओलीको भनाइका सन्दर्भमा स्पष्ट पारिसकेकाले थप टिप्पणी आवश्यक नरहेको बताएका हुन।

प्रवक्ता श्रीवास्तवले भारतको साँस्कृतिक विरासतबारे विश्वलाई थाहा भएका भन्दै यस अभिव्यक्तिका बारे अरु कुनै टिप्पणी गर्न नचाहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतीय नभएको र उनको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको व्यापक आलोचना भएपछि नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको थियो।

मङ्गलवार साँझ जारी गरेको विज्ञप्तिमा परराष्ट्रले प्रधानमन्त्री ओलीको भनाइ ‘कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको’ र ‘कसैको भावनामा आघात पुर्‍याउने उद्देश्यले नगरिएको’ बताएको थियो।

‘प्रधानमन्त्रीेले दिनुभएको अभिव्यक्ति कुनै पनि राजनीतिक बिषयसँग सम्बन्धित छैन र कसैको भावना र आस्थामा चोट पुर्याउने मनसाय त्यसमा छैन।’ विज्ञप्तिमा भनिएको थियो।

तर, परराष्ट्रले श्रीरामका बारेमा थप अध्ययन र अनुसन्धान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको उल्लेख गरेको छ।

‘श्रीराम र उहाँसँग सम्बन्धित ठाउँहरुबारे थुप्रै अनुमान र सन्दर्भहरु भएको हुँदा प्रधानमन्त्रीले रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने महत्वमाथि प्रकाश पार्नु भएको हो,’।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group