ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशैभरि दर्जनौ स्थानमा बाढी पहिरो, जोखिममा यात्रा नगर्नुस् – सडक विभाग


एबीसी न्यूज
६ श्रावण २०७७, मंगलबार   ६ : १४   बजे


काठमाडौं, ६ साउन । शनिवारदेखि अविरल वर्षातका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ ।

सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरुमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताए । विभागले देशभर १९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाका अनुसार सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्‍याएका सडक मर्मतको काम गरिररहेको छ । तर, लगातार भइरहेको वषरका कारण प्रयासहरु सफल हुन नसकेको महानिर्देशक शर्मा बताउनुभयो ।

पृथ्वी राजमार्ग केही दिन अझै नखुल्ने

सडक विभागका अनुसार काठमाडौं भित्रिनेरबाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर नदी खोला बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न असहज भएको समेत शर्माले बताउनुभयो । ‘खोला नियन्त्रण गर्नुपर्ने भएकाले पानी नरहेसम्म काम थाल्न सकिने अवस्था छैन, काम थालेको दुई दिनसम्म पृथ्वीराजमार्ग खोल्न सकिँदैन,’शर्माले भन्नुभयो ,’तर, हाम्रो टोली त्यहाँ पुगेको छ । के गर्न सकिन्छ भनेर हेर्दैछौं ।’

विभागका डिभिजन इन्जिनियरसहितको टोली मोवाखोला पुगेको छ । तर, चितवन र धादिङ दुबैतर्फका सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले टोली त्यतै रोकिएको छ ।

मंगलवार विहानपनि मुग्लिन–नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले पन्छाइरहेपनि पहिरो खस्ने क्रम रोकिएको छैन ।

विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । तर, त्यसभन्दा अघिको बाटोको पहिरो हटाउन सकिएको छैन । दिनभर कृष्णभीरदेखि जवाङखोलासम्मको पहिरो हटाउन थालिने महानिर्देशक शर्माले बताउनुभयो । ‘पानी परिरह्यो भने तत्काल पृथ्वी राजजमार्ग सञ्चालनमा ल्याउन कठीन हुनेछ,’ शर्माले भन्नुभयो ,’अत्यावश्यक भएर काठमाडौं आउनैपर्ने भएर त्रिभुवन राजपथको प्रयोग गर्न गर्न सकिने छ ।’ सरकारले ५ दिनसम्म वर्ष जारी रहने बताएकाले विभागलाई सडकमा आवागन सुरु गराउन चुनौती हुने देखिएको छ ।
विभागका अनुसार त्रिभुवन राजपथमा भने ठूला पहिरो खसेका छैनन् । नागढुंगाको नागखोलमा झरेको पहिरो हटाइएको छ ।

काठमाडौं आउने अन्य सकडमा पनि ठाउँ–ठाउँमा साना पहिरो खसेका छन् । विभागले मेसिन परिचालन गर्द हटाइरहे पनि नयाँ पहिरो खसिरहेका छन् ।

काठमाडौं आउने मात्रै हैन, विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा पनि समस्या उस्तै छ । बेनी–जोमसोम खण्डको म्याग्दीको गलेश्वरमा रहेको बेलिब्रिज समेत खोलाले बगाउने अवस्था आएको छ । त्यसबाहेक महाभीरमा गएको ठूलो पहिरो पनि अझै हटेको छैन । यो सडकभन्दा तलबाट बगिरहेको कालीगण्डकले सडकतर्फको भूभाग कटान गरिरहेकाले पहिरोको जोखिम बढेको छ ।

यसैगरी अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ । यो सडक खण्डको करिब ५ सय मिटर सडक नै खोलाले बगाएको विभागका महानिर्देशक शर्माले जानकारी दिनुभयो ।
बुटवल–तानसेन खण्डको सिद्धबाबामा पनि पहिरो खसेर सडक अवरुद्ध छ । सिद्धबाबा आसपासको क्षेत्रमा पहिरो खसेपछि आइतबारबाट खुलेको सडक फेरि बन्द हुन पुगेको हो ।

त्यस्तै सुर्खेत–जुम्ला सडक पनि केही दिनको पहिरोको अवरोधपछि आइतबारबाट सञ्चालनमा आएको थियो तर, आज विभिन्न ठाउँमा पहिरो खसेपछि सो सडक बन्द भएको छ ।

खहरे खोलाहरु बढेकाले विभिन्न ग्रामीण सडकहरुमा पनि सवारी चल्न सकेका छैनन् । सडकमा पहिरो खसेपछि विभिन्न जिल्लासहित र पालिकाहरुको सडक सम्बन्ध टुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu