ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गासभन्दा बासको चिन्ताले पिरोल्दै कुमसुमखोलाका चेपाङ परिवारलाई


एबीसी न्यूज
१२ श्रावण २०७७, सोमबार   ६ : ५४   बजे

काठमाडौं, १२ साउन ।  कुमसुमखोला आगलागी पीडित चेपाङ परिवारले खाद्यान्नभन्दा बास सबैभन्दा पहिलो आवश्यकता भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशसानले चितवनको माडी कुसुमखोलामा बस्दैआएका चेपाङको १० वटा घर जलाएपछि उनीहरूमा वर्षातको समयमा गासको भन्दापनि वासको अभावले सताएको हो ।

घर जलेपछि राहतमा दिइएको दाल चामल समेत राख्ने ठाउँ नभएको पीडित जगराम चेपाङले बताउनुभयो । पानी परेको छ ओत लाग्ने ठाँउ छैन दिएको राहत कहाँ राख्ने उहाँले भन्नुभयो ( ‘सानो त्रिपाल छ त्यसले पानी ओत्दैन, सामग्री जोगाउन समस्या छ ।’

‘घर जल्यो, बस्ने ठाँउ छैन पकाउने भाडा, सुत्ने ओछ्यान परिवार कहाँ बस्ने दिएको चामल सबै भिज्छ त्यसलाई कसरी जोगाउने ’ उहाले दुखेसो पोख्नुभयो । दुइवटा घर जले १० वटा घर भत्के सबै आउछन् केही दिन्छन् जान्छन् तर राख्ने ठाँउ छैन । घर निर्माण गर्ने भनेर गएका छन् काम भएको छैन । हिउँदमा भए जहाँ बसेपनि फरक पर्दैन वर्षामा पानी परेर बिजोग भएको छ कसरी अवस्था सुनाउने ? ’ पालिका सदस्यसमेत रहन भएका जगरामले भन्नुभयो ।

चेपाङ अगुवा संविधान सभा सदस्य गोविन्दराम चेपाङले भन्नुभयो, ‘खाने सामग्री जुटाउला मेहनत गरेर खाउला तर बास नै नभए कहाँ राख्ने रु हामीलाई अहिले दाल चामल लिएर कुसुमखोला गएको भन्दा बासको व्यवस्था गरेको सबैभन्दा ठुलो राहत मिल्छ ।’

अहिले राहत दिने भन्दै पीडितको भत्केको घर गएका छन् तर सुरक्षित स्थानमा घर निर्माणको लागि ठोस कार्यक्रम गएको छैन गोविन्दरामले भन्नुभयो । यस्तो अवस्था आउन दिन हुँदैन निकुञ्जबाट हामी पीडित भएका छौँ । हाम्रो पीडालाई राहतको महसुस सम्बन्धित निकायले गर्नुपर्छ ।उहाँले भन्नुभयो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भन्नुभयो ‘आगजनी भएका र घर भत्केकाहरूको बासको व्यवस्था पालिकाले गर्नेछ । हामीले उपयुक्त स्थानको छनौट गरिराखेका छौँ । केही दिन भित्र स्थान पक्का भएपछि घर निर्माणको कार्य सुरु हुनेछ । एक परिवारलाई दुईकोठा भएको टिनको छानो लगाएर घर निर्माण गर्ने तयारीमा छौँ । अहिले पानी परेकाले काम गर्न समस्या भएको छ । पानी पर्न रोकिएपछि त्यसलाई पूर्णता दिनेछौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group