ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार बर्षापछि कैलालीका अधिकांश क्षेत्र डुवानमा


एबीसी न्यूज
१४ श्रावण २०७७, बुधबार   ८ : २९   बजे


टेकबहादुर सोडारी

कैलाली, १४ साउन । मंगलबार रातिदेखिको लगातार बर्षापछि कैलालीका अधिकांश क्षेत्र डुवानमा परेको छ । लगातारको वर्षाले सिँचाइ कुलाहरु भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुवानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएको छ । जानकी–३, ७, ८, ९ का सयौँ घर डुवानमा परेको छ भने ‘‘कुला फुटेर बस्तीमा पस्दा सयाँै विघा खेतीयोग्य जमिनडुवान भएको छ । घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सानुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।’’

टीकापुर नगरपालिकाको वडा नं। ५ शाहीपुर, सिम्रेनी, वडा नं. ६ को बेलुवा बस्ती डुवानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको वहाव बढेको छ । जमरा कुलामा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेका छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजबृद्धि कृषि सहकारी संस्थामा रहेको गहुँको बीउ र मौजाद मल भिजेर नष्ट भएको छ ।
टीकापुरमा रहेका सिँचाइ कुलाहरु भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् ।

कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुवानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौं परिवार विस्थापित हुने अवस्था आएको छ । भजनी ३ र ७मा रहेका सयौँ घर डुवानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर– १,३,५,७ का अधिकांश बस्ती डुवानमा परेका छ । कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा पानीको बहाव बढेकोले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

रातभरिको वर्षापछि कैलालीमा विहानैबाट प्रहरी उद्दारमा खटेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताउनुभयो । स्थानीय स्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रहरीमा उद्दारमा खटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu