ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीलालको सपना साकार पारिँदै : प्रधानमन्त्री ओली


एबीसी न्यूज
१७ श्रावण २०७७, शनिबार   ८ : १७   बजे


काठमाडौं, १७ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उहाँले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताउनुभयो । समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उहाँले आह्वान गर्नुभएको छ ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता हुनुहुन्थ्यो । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणापत्र जारी गर्दा उहाँ पनि सहभागी रहनुभएको थियो । विसं २००८ मा स्थापना भएको अखिल नेपाल किसान सङ्घको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । विसं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उहाँले गर्नुभएको थियो । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उहाँले ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गर्नुभएको थियो ।

तत्कालीन संसद्को राष्ट्रियसभामा पाँच सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि अमात्यको स्मरणीय योगदान छ । विसं २०१९ मा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट उहाँ पार्टीको महासचिव चुनिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group