ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका यी १४ अस्पतालमा गएर स्वाब परीक्षण गराउन सकिन्छ (पत्रसहित)


एबीसी न्यूज
२० श्रावण २०७७, मंगलबार   ५ : १२   बजे

काठमाडौं, २० साउन ।   सरकारले कोरोना सङ्क्रमणको जोखिममा रहेको काठमाण्डौ उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको हो । शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त ठाउँबाट काठमाण्डौ आएकाले नजिकको स्वाब सङ्कलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब सङ्कलन गरी परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाण्डौमा जोखिम बढिरहेकोले स्वास्थ्य सुरक्षा र सतर्कतामा विशेष जोड दिन पनि आग्रह गरेको छ । सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन, भिडभाड नगर्न र चाडपर्व घरमै बसी मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले स्वाब सङ्कलनका लागि १४ वटा अस्पताल तोकेको छ । पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, ह्याम्स अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल र नेपाल प्रहरी अस्पतालमा स्वाब सङ्कलनका लागि सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group