ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकभर घरबाटै गर्ने र कार्यालयमा ,कवाडी र फुटफाथको व्यापार बन्द, कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी


एबीसी न्यूज
२७ श्रावण २०७७, मंगलबार   ५ : २५   बजे

काठमाडौं, २७ साउन ।   काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा बढीमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै मन्त्रिपरिषद्को बैठकले सरकारी र गैरसरकारी संस्थाका काम सकभर घरबाटै गर्ने र कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित हुन पाउने निर्णय गरेको हो ।

यस्तै काठमाण्डौ उपत्यकाका तीन जिल्लाबाहेक दुई सयभन्दा धेरै सङ्क्रमित भएका एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यसबारेमा निर्णय गरेर आदेश दिन सक्ने गरी मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

फुटपाथमा व्यापार, कवाडी सङ्कलन कार्य गर्दा कोरोना रोकथामका सामान्य उपाय पनि नअपनाएकाले ती क्रियाकलाप बन्द गर्न सरकारले निर्देशन दिएको छ । यसको लागि सम्बन्धित पालिकाले समन्वय गर्नेछन् ।

१ दुई सय बढी सक्रिय संक्रमित जिल्लाबाट अन्यत्र जान रोक

मन्त्रिपरिषद्को बैठकले सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र आवागमनमा रोक लगाएको छ । उपत्यकाको हकमा तीन जिल्लाबाहेक अन्यत्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र वा स्थानीय प्रशासनको अनुमतिविना आवागमन गर्न पाइने छैन । अनुमति दिँदा पनि प्रयोजन खुलाई यात्रा गर्ने व्यक्तिको नामसमेत उल्लेख गरेर परिपत्र पत्र दिनुपर्नेछ ।

२ आधा कर्मचारी वर्क फ्रम होम

सरकारले काठमाडौं उपत्यका र २०० भन्दा बढी संक्रमित भएको जिल्लामा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई वर्क फ्रम होम गर्न भनेको छ ।

निर्णयअनुसार सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवा दिनुपर्नेछ ।

यसका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित गराउन र अन्यलाई घरमै सुरक्षित राखेर काम गर्ने प्रवन्ध गर्न भनिएको छ । विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न नसक्ने र बढी जनसम्पर्क हुने कार्यालयको सेवा प्रवाह स्थगित गरिनेछ ।

३ लामो दुरीका यातायात र हवाई सेवा फेरि रोकिए

सरकारले अन्तरजिल्लाका निजी तथा सार्वजनिक यातायात भदौ १६ गतेबाट खोल्ने भएको छ । आन्तरिक तथा बाहृय हवाई सेवा पनि १६ बाटै खुल्नेछ ।

यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो ।

‘उद्धार फ्लाइट’बाट पनि दैनिक ५०० मात्र ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइनेछ । यसरी आउनेहरुलाई उपत्यकामा क्वारेन्टिन गरिनेछ । क्वारेन्टिनमा बसेको ५ देखि ७ दिनभित्र पीसीआर टेष्ट गर्ने र संक्रमण नदेखिए मात्र सम्बन्धित गन्तव्यमा पठाइनेछ ।

४ प्रवेश विन्दु घटाइयो, अवैध आवागमन रोक्ने

मन्त्रिपरिषद्को बैठकले नेपालीहरुलाई भारतबाट आउने प्रदेश विन्दुलाई २० बाट घटाएर १० मा झारेको छ । अब झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाका माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुका कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफान्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपालीहरु नेपाल आउन सक्छन् । यसरी आएकाहरुलाइै प्रवेश विन्दु रहेकै जिल्लामा क्वारेन्टिन गर्ने सरकारको निर्णय छ ।

गैर नेपालीहरुका लागि स्थलमार्गबाट नेपाल प्रवेशमा भदौ ३१ गतेसम्म पूर्ण रोक लगाइएको छ ।

५ ठेलाको व्यापार बन्द

सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ । कोभिड९१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा। युवराज खतिवडाले बताए ।

६ स्कुल नखुल्ने, बैठक र भेला गर्न रोक

कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारले अत्यावश्यक बाहेक कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, भेलाजस्ता सामूहिक जमघट नगर्न भनेको छ ।

साथै धार्मिक स्थलहरमा दैनिक नित्य पूजा बाहेक अरु गतिविधि नगर्न र चाडपर्व घरभित्र मनाउन भनेको छ । साथै शैक्षिक संस्था, मनोरञ्जन स्थल, हेल्थ क्लब, समूहिक रुपमा खेलिने खेल, पुस्तकालयहरु तत्काल नखुल्ने भएको छ ।

७निजी अस्पताल पनि प्रयोग गर्ने

सरकारले लक्षण नभएका संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । संक्रमण बढेको स्थानमा अस्पतालको क्ष्मता अध्ययन गरी निजी तथा शिक्षण अस्पतालहरुलाई समेत प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने र स्वास्थ्यले जनशक्ति खटाएर सेवा सुदृढ बनाउने पनि निर्णय भएको छ ।

८ होटल रेष्टुरेन्टमा ‘टेक अवे’ मात्र

होटलहरुमा ‘टेक अवे’ ९किनेर घरमा लाने० सेवा मात्र दिने पाउने निर्णय भएको छ । साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खेला गरिएको थियो । तर जनस्वास्थ्य मापदण्ड पालना नभएको तथा भिडभाड गरेकाले अब ‘टेक अवे’ सेवा मात्र दिन पाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता खतिवडाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group