ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रौँ सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ


एबीसी न्यूज
२८ श्रावण २०७७, बुधबार   ७ : २२   बजे

काठमाडौं, २८ साउन ।  तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।

नेपालमा गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा सहभागी १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको डोपिङ पोजेटिभ पाइएको हो । दुवै जनाको डोपिङ पोजेटिभ देखिएको र उनीहरुले त्यसलाई स्वीकारेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुवै खेलाडीलाई सन् २०१९ डिसेम्बर २ तारिखदेखि सन् २०२३ डिसेम्बर २ तारिखसम्मका लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीको विज्ञप्तिमा उल्लेख छ । नदिम र अलीको स्वर्ण पदक खोसिएको छ । विश्व एन्टी डोपिङ एजेन्सी ९वाडा०को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । यस क्रममा दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको पाइएको थियो । तेह्रौँ सागमा पाकिस्तानले ३० स्वर्णसहित १३२ पदक जितेका थियो । दुई स्वर्ण खोसिएपछि अब पाकिस्तानका नाममा ३० स्वर्णमात्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu