ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित निको


एबीसी न्यूज
३१ श्रावण २०७७, शनिबार   ८ : ०९   बजे

काठमाडौं, ३१ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस निको भएका छन् । साढे सात महिना अघिदेखि चीनको उहान राज्यबाट फैलिएको कोरोना भाइरसबाट शनिवार विहान सम्म १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ लाख १४ हजार ७७१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ पुगेको हो ।

यस्तै एकैदिन ५ हजार ७२३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ६२ हजार ४४१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ४९३ जनाको मृत्यु भएको छ । ३१ लाख २८ हजार ६२३ जना संक्रमित भएकोमा १८ लाख ९२ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४४ हजार २८१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६४ लाख ४८ हजार ६३० पुगेको छ । त्यसमध्ये ३५ लाख १५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १७ हजार १०३ जनाको मृत्यु भएको छ । ५४ लाख ८६ हजार ५३१ जना संक्रमित भएकोमा ४१ लाख ९६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७३ हजार ९ जनाको मृत्यु भएको छ । ५१ लाख ४५ हजार ६५८ जना संक्रमित भएकोमा ३६ लाख ९८ हजार ८७४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार १३९ जनाको ज्यान गएको छ भने ११ लाख १ हजार ६५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख १४ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०१ जनाको मृत्यु भएको छ । २४ हजार ८३३ जना संक्रमित भएकोमा १५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group