ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु


एबीसी न्यूज
८ भदौ २०७७, सोमबार   १० : ५९   बजे

विराटनगर, ८ भदौ । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

उपचार केन्द्रका इन्चार्ज बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार अस्पताल आईपुगेको एक घण्टामै उनको मृत्यु भएको बताउनुभयो । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्क पहिचानका आधारमा भदौ ४ गते मृतक पुरुषको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो । रिपोर्ट आइतबार दिउँसो ३ बजे पोजेटिभ आएको थियो । दिउँसो रिपोर्ट पोजेटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको हो ।

मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण पुष्टि भएको हो । तीनै जना अहिले घरमै रहेका छन् । योसँगै विराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना संक्रमितको ज्यान गइसकेको छ ।

विराटनगरमा कोरोना संक्रमित एक महिलासहित १० जनाको मृत्यु भइसकेको छ । विराटनगरकै कोशी अस्पतालमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सात जनाको मृत्यु भएको थियो । एक जना संक्रमितको घरमै मृत्यु भएको हो ।आइतबार साँझ नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकेत धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । वीपीमा पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको प्रवक्ता डा.निदेश सापकोटाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu