ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना : यो सुरुआत मात्रै हो परिस्थिति अझै नराम्रो हुनेवाला छ”– डब्लुएचओ


एबीसी न्यूज
९ भदौ २०७७, मंगलबार   ९ : ३४   बजे

काठमाडौँ, ९ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उहाँले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गर्नुभयो । “केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो । फर्किेनेहरुको सङ्ख्या घटेकाले केश पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो सुरुआत मात्रै हो । केसहरु निकै नै बढनेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ”, उहाँले भन्नुभयो ।

यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुक जस्तै ब्राजिलमा पनि समग्र जनसङ्ख्याको एक देखि दुई प्रतिशतलाई मात्र सङ्क्रमण देखिने अवगत गराउँदै डा भ्यानडिलिएरले नेपाल अहिले त्यो अवस्थाा पुगिनसकेको बताउनुभयो । नेपालमा अहिले शुन्य दशमलव एक प्रतिशतको हाराहारीमा मात्र सङ्क्रमण भएको छ । उहाँले भन्नुभयो, “यसबाट मैले के भन्न खोजको हो भने केसको सङ्ख्या बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैन् । अन्ततः सङ्क्रमण हुनेको सङ्ख्या पनि समग्र जनसङ्ख्याकोे तुलनामा कम नै हुनेवाला छ । हाम्रो वरिपरी र अहिले टोल छिमेकमा केश देखियो भन्दैमा सबैले आत्तिनुपर्देन । किनभने सबै जना सङ्क्रमित हुने भन्ने होइन ।”

केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै घातक नहुने उहाँको भनाइ थियो । फरक प्रशङ्मा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उहाँले सहकर्मीहरु सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी गराउनुभयो । साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उहाँले बताउनुभयो ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकाबीच समन्वय र सहकार्यको चुनौती रहेको बताउँदै डा भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकोको कट्«याक्ट ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गर्नुभयो । साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उहाँको धारणा थियो ।

स्वास्थ्य सेवाको सहज सुलभ पहँुच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले कोरोना रोकथाम र नियन्त्रणमा आममानिसको व्यहार परिवर्तन गर्न पनि चुनौती रहेको विचार व्यक्त गर्नुभयो ।

नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा स्यमंसेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिनुभयो । कोरोना नियन्त्रणमा सरकारले नीजि स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र नीजि क्षेत्रले पनि आफ्नो स्रोता साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group