ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्र जिल्लामा संङ्क्रमण समुदायस्तरमा, संयमित नभए स्थिति नियन्त्रणबाहिर जान सक्ने


एबीसी न्यूज
१६ भदौ २०७७, मंगलबार   ७ : ४२   बजे


काठमाडौं, भदौ १६ गते । नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडौं उपत्यका समेत पर्ने वागमती प्रदेशको काठमाडौं र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश १ का मोरङ् र सुनसरी तथा प्रदेश ५ को रुपन्देहीमा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्को क्रममा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले समुदाय चरणका सूचकहरुको आधारमा उक्त निचोडमा पुगेको जानकारी दिनुभयो । पछिल्लो एक महिनामा थपिएकामध्ये ७३ प्रतिशत सङ्क्रमित यी १२ जिल्लाको रहेका छन् । असारसम्म विदेशबाट आउने र तिनको सम्पर्कमा रहेकोमा मात्रै सङ्क्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक महिनामा सङ्क्रमण पुष्टि भएकोमध्ये ९६ प्रतिशत स्थानीय रहेको जनस्वास्थ्यविद् डा. तिवारीले तर्क गर्नुभयो ।

साउन १५ गते यता नेपालमा २० हजार १८७ जना सङ्क्रमित थपिएका छन् । माघ महिनामा पहिलो सङ्क्रमित पुष्टि भएपछि २० हजार सङ्क्रमित पुग्न करिब सात महिना समय लिएको थियो । तर एक महिनाभित्रै उक्त संख्या दोब्बर भएको छ । साउन १६ गतेसम्म नेपालमा कुल १९ हजार ७७१ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । भदौ १६ गतेसम्म ४० हजार ५२९ पुगेको छ । एक महिनामा सङ्क्रमित संख्या दोब्बर भएको छ ।

कुल सङ्क्रमितको करिब ४७ प्रतिशत यी १२ जिल्लाका छन् । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेको छ । काठमाडौंमा एक साताभित्र मात्रै करिब दुई हजार नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडौंमा मात्रै चार हजार ५२२ र ललितपुरमा छ सय ८५ जना सङ्क्रमित पुष्टि भएका छन् । साउन पहिलो सातासम्म मात्र आठ प्रतिशत महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक महिनामा महिला सङ्क्रमितको प्रतिशत २२ पुगेको छ । अर्थात् सङ्क्रमण हुने विदेशबाट आएका मात्रै नभई घरमै अधिकांश समय बिताउने महिलाको संख्या बढ्दो छ ।

वृद्धमा समेत सङ्क्रमण दर बढ्दो छ । साउन पहिलो सातासम्म ६० वर्ष उमेर नाघेका सङ्क्रमित वृद्ध एक प्रतिशत मात्रै थिए । तर एक महिनाभित्र सङ्क्रमित वृद्ध चार प्रतिशतको करिब पुगेको छ । पछिल्लो समयमा मृत्यु हुने कोरोना सङ्क्रमित वृद्धको संख्या पनि बढ्दो छ ।
साउन पहिलो सातासम्म प्रति एक सय ब्यक्तिको परीक्षण गर्दा तीनदेखि चारजनामा सङ्क्रमणको पुष्टि हुँदै आएको थियो । तर हाल सङ्क्रमण दर बढेको छ । एक महिनाभित्र सङ्क्रमित पुष्टि हुने दर करिब ८ देखि ९ प्रतिशत पुगेको छ ।

जनस्वास्थ्यविद् डा। सुरेश तिवारीले यो बिन्दुमा सङ्क्रमण समुदायमा पुगेको तर्कलाई यी तथ्याङ्कले पुष्टि गरेको तर्क गर्नुभयो ।
मापदण्डको पालनाले नियन्त्रणमा आउँछ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नै स्थिति नियन्त्रणबाहिर जान सक्ने, अस्पताल र स्वास्थ्य परीक्षण गर्ने जनशक्ति कम पर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराउनुभएको थियो । डा. गौतम भन्नुहुन्छ, “जनस्वास्थ्य मापदण्डको पूर्ण पालना नै स्थिति नियन्त्रणमा ल्याउन सक्छ, सबैजना संवेदनशिल हुनैपर्छ ।”

मन्त्रालयले सामाजिक दूरीको पालना, पटक पटक हात धुने र मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ । प्रवक्ता गौतमले विश्वको अपेक्षा अझै तनाब र त्रसित हुने अवस्था नरहेपनि बेलैमा सचेत हुन आग्रह गर्नुभएको छ । जनस्वास्थ्यविद् डा। सुरेश तिवारीले सामाजिक र मनोवैज्ञानिक रुपमा त्रसित नभई उच्च आत्मबलसहित सचेत नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्नुहुन्छ ।

डा. तिवारीले समुदायमा सङ्क्रमणको जालो तोड्न अनुशासित क्रियाकलाप गर्न आग्रह गर्नुहुन्छ । सङ्क्रमणको जालो तोड्न स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्र्ेसिङलाई प्रभावकारी बनाएको छ । रेड जोनमा रहेका १२ वटै जिल्लामा ट्र्ेसिङमा जोड दिइएको छ । आवश्यकताको आधारमा पीसीआर परीक्षण गर्ने कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group