ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ बाढी : कृष्णले मोटरसाइकल त्यहीँ छाडेर आफू बारीको कान्लो उक्लेर माथितिर भागे


एबीसी न्यूज
१९ भदौ २०७७, शुक्रबार   ३ : १२   बजे


बागलुङ, १९ भदौ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने ।

पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाए । रुकुमतर्फको सडक पनि अबरुद्ध भएको खबर साथीबाट पाएपछि फेरि ढोरपाटनतिरै यात्रा तय गर्ने बरु जहाँसम्म सडक राम्रो छ त्यहाँ पुग्ने र फर्किने निचोड निकाले ।

सालझण्डी–ढोरपाटन कच्ची सडक हुँदै उनीहरुको यात्रा अघि बढ्यो । दुई मोटरसाइकलमा चारजना सवार थिए । शुरुमा बोबाङसम्म भएपनि पुगौँ भनेर बुर्तिबाङबाट हिँडेको कृष्णले सुनाउनुभयो । “बोबाङसम्म पुग्दा सडक ठीकै लागेपछि अझै अघि जाऔँ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “साँझ ५ बजेतिर हामी लाकुँरीबोट भन्ने ठाउँमा पुग्यौँ ।”

लाँकुरीबाट ढोरपाटन नगरपालिका–९ मा पर्छ । उनीहरु त्यहाँ पुग्दानपुग्दै पानी पर्न थाल्यो । वर्षा रोकिने छाँटकाँट नदेखिएपछि गाउँलेको होटलमा ओत लागे । “फल्लेघरसम्म पुगेर बास बसौँ, त्यहाँबाट हिँडेरै भएपनि ढोरपाटन पुगिन्छ भन्ने सोचेका थियौँ तर होटल पनि नयाँ र केही व्यवस्थित लागेपछि लाकुँरीबोटमै बसियो”, कृष्णले भन्नुभयो ।

उनीहरुले होटलको उपल्लो तलामा कोठा लिए । त्यतिञ्जेलसम्म पनि वर्षा रोकिएको थिएन । नौलो ठाउँमा पुग्दा नयाँ परिकार खाऔँ न भनेर होटलको भान्सामा ढिँडो बनाउन लगाएको कृष्णले बताउनुभयो ।

“हामी खाना खान तल झर्दैँ थियौँ, त्यतिबेला होटलभित्र भल पसिसकेको रहेछ”, उहाँले भन्नुभयो, “नजिकै खोला भएकाले थप जोखिम हुने हो कि भनेर होटल सञ्चालक र छिमेकीसहित बाहिरको अवस्था हेर्न निस्कियौँ ।”

भुजीखोलाको बहावले होटलदेखि अलि माथि रहेको झोलुङ्गे पुल छुन लाइसकेको थियो । कृष्ण र उहाँका साथीहरुले घरमा क्षति हुन सक्ने भन्दै होटल सञ्चालकलाई बालबच्चा र सरसमान बाहिर निकालेर सुरक्षित हुन सुझाव दिए । उनीहरुले पनि होटलभन्दा माथि अग्लो ठाउँमा रहेको घरमा मोटरसाइकल राख्ने र त्यही जोगिएर बस्ने उपाय निकाले ।

“सबैतिर अन्धकार थियो, खोला पनि ठूलो आवाजसहित बग्न थाल्यो, मानिसहरु मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो”, कृष्णले भन्नुभयो, “हामी हतारहतार होटलबाट निस्कन लागेका थियौँ, साथी नवीन मोटरसाइकलमा थोरै अघि गयो, मैले पनि मोटरसाइकल स्टार्ट गर्दै थिएँ, त्यतिकैका बाढी आइहाल्यो ।”

कृष्णले मोटरसाइकल त्यहीँ छाडेर आफू बारीको कान्लो उक्लेर माथितिर भागेको बताउनुभयो । दिलु र इन्द्र पनि ज्यान जोगाउन सुरक्षित ठाउँतिर लागे । एक घण्टापछि बल्ल कृष्ण, दिलु र इन्द्रको भेट भयो । नवीन भने सम्पर्कमा आउनुभएन । “पाँच सेकेण्डले बाँच्यौँ, नत्र हामीलाई पनि बाढीले बगाउने थियो”, कृष्णले भन्नुभयो ।

मोटरसाइकलबाट सुरक्षित स्थलतर्फ जान लाग्दा नवीन भने बाढीमा बेपत्ता हुनुभएको छ । मोटरसाकइलसमेत भेटिएको छैन । साथी हराएपछि रातभर खोजीमा भौँतारिएको कृष्णले सुनाउनुभयो । “हामी तीन जना त बल्लबल्ल बाँच्यौँ तर बाँचेको सार पनि नभएजस्तो लागेको छ, सँगै गएको साथी सम्पर्कमा नआउँदा हामी दुःखी छौँ”, उहाँले भन्न्नुभयो ।

बाढीले कृष्णको मोटरसाइकल पनि बगाएको छ । राति करिब ११ बजेतिर बाढी बस्तीतिर पसेको कृष्णले बताउनुभयो । उहाँले कल्पना नगरेको घटना आँखा अघिल्तिर भएको उल्लेख गर्नुभयो । “पहिलोपटक गएका थियौँ, भूगोल कस्तो छ, थाहा थिएन, माथि जाऔँ भीर, तल खोला ज्यान जोगाउन पनि कठिन भयो”, उहाँले भन्नुभयो ।

नवीन बाढीमा बेपत्ता भएको खबर पाए लगत्तै खोजी र उद्धारका लागि गलकोटबाट वडाध्यक्षसहितको टोली घटनास्थल पुगेको छ । सकुशल रहेका तीन जनालाई उद्धार गरी बुर्तिबाङमा राखिएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । बेपत्ता नवीनको खोजी कार्य चलिरहेको उहाँको भनाइ छ ।

नवीन गलकोट नगरपालिका–४ र अन्य तीनजना वडा नं। ३ का हुन् । उनीहरु बसेको लाँकुरीबोटको होटलमा पनि बाढीले क्षति पु¥याएको छ । वस्तुभाउ बगाएको छ । मानिस भने भागेर बाच्न सफल भएका छन् । त्यहाँका दर्जन बढी घर बाढीले क्षतिग्रस्त बनेका छन् । केही स्थानीयवासी बेपत्ता छन् ।

बाढीपहिराले ढोरपाटन नगरपालिका–९ लाँकुरीबोट, सुप्राङ, भुसुण्डे, फल्लेघर, दुनेपँधेरालगायतका बस्तीमा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीमा ज्यान गुमाएका १४ जनाको शव फेला परेको छ भने बेपत्ताको संख्या एकिन हुन सकेको छैन ।

बेपत्ताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताउनुभयो । बाढीले विद्यालय, सडक, झोलुङ्गे पुल, लघुजलविद्युत्, खानेपानी आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीग्रस्त क्षेत्रका मानिस राहत र पुनःस्थापनाको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group