ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष द्धय ओली– प्रचण्डको भेटवार्ता सकियो, सहमतिको प्रस्ताव तयार


एबीसी न्यूज
२४ भदौ २०७७, बुधबार   ४ : ३४   बजे


काठमाडौं, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच आज भएको भेटवार्ता सकिएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री ओली र प्रचण्डबीच स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार झण्डै ३ घण्टा भएको छलफलमा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारेको हो ।

बालुवाटार स्रोतका अनुसार बुधबार भएको दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको छ । स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि दुवै नेता सहमत भएको बुझिएको छ ।

स्रोतका अनुसार अध्यक्षद्वयबीचको सहमतिको प्रस्ताव आज नै स्थायी कमिटी सदस्यहरुलाई पठाउने तयारी रहेको छ । एक सचिवालयका अनुसार कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वयले सहमतिको प्रस्ताव तयार गरेको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको नेतृत्वमा साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलले भदौ ६ गते विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group