ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ जना नेपाली प्रहरीसहित गण्डकीमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण


एबीसी न्यूज
२५ भदौ २०७७, बिहिबार   ८ : ४८   बजे


काठमाडौँ, २५ भदौ । पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का ५ जना, तनहुँका ३ र पर्बतका १ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेहरूमा पोखरा महानगरपालिका विभिन्न ६ वडाका १० पुरूष र ९ महिला छन् । उनीहरू ९ वर्षका बालदेखि ५९ वर्षसम्मका छन् ।यस्तै स्याङ्जाको पुतलीबजारका ७ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू २६ देखि ५५ वर्षसम्मका रहेको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो।

उनका अनुसार बागलुङको बरेङका ७ जना तथा जमैनी र गल्कोटका एक÷एक जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा ८ वर्षका वालकदेखि ५९ वर्षका बृद्धसम्म रहेका छन् ।नवलपरासी(बर्दघाट सुस्ता पूर्व)कावासोतीका ४ जना र देबचुलीका एक जनामा पनि संक्रमण पुष्टि भएको हो । तनहुँको भिमादका ३ जना पुरूष र पर्बतका १ जना पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu