ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निमित्तकै भरमा रौतहटका अधिकांस स्थानिय तह


एबीसी न्यूज
२५ भदौ २०७७, बिहिबार   १ : ३६   बजे


रुपेन्द्र पटेल/ रौतहट, २५ भदौ । रौतहटका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । प्रशासनभन्दा बाहिरका तथा कनिष्ठ कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि यस्तो समस्या देखिएको हो ।

रौतहटको गरुडा नगरपालिकामा इञ्जिनियर मोहम्मद मुस्ताक आलम, बृन्दावन नगरपालिकामा इञ्जिनियर नागेन्द्र यादव, राजदेवी नगरपालिकामा इञ्जिनियर सञ्जय पाण्डे निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यसैगरी, कटहरिया नगरपालिकामा लेखा अधिकृत रामप्रकाश साह, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देरश्वर चौधरी, फतुवाविजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्तालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ । बौद्धिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, देवाहीगोनाही नगरपालिका राजदेव राम तथा दुर्गाभगवती गाउ“पालिका जगतकुमार साह निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् ।
दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा मौलापुर, गौर, ईशनाथ र माधवनारायण नगरपालिका गरी चार पालिकामा मात्र प्रशासनतर्फका अधिकृत कार्यालय प्रमुख छन् ।

जिल्लामा विभिन्न पालिकाको कार्यालय प्रमुखमा स्वास्थ्य, इञ्जिनियरिङ तथा स्थानीय तहको अन्य क्षेत्रका कर्मचारीले जिम्मेवारी पाउँदा सम्बन्धित क्षेत्रको कार्यसम्पादन कमजोर हुंदै गएको भनी आलोचना हुन थालेको छ । यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपुरमा स्वास्थ्यतर्फका जनस्वास्थ्य अधिकृत रवीन्द्र कुमार झा र गरुडामा शाखा अधिकृत सिकिन्द्र साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको छ । मन्त्रालयले पठाएको कार्यालय प्रमुखलाई कतिपय पालिकाले हाजिरी नगराई फिर्ता पठाउने गरेका छन् । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्नेमा रौतहटका केही नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नायब सुब्बाले जिम्मेवारी पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu