ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गर्ने अध्यक्षद्वय ओली र प्रचण्डको संकल्प


एबीसी न्यूज
२५ भदौ २०७७, बिहिबार   ३ : १७   बजे

काठमाडौं, २५ भदौ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिंदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने संकल्प लिने निर्णय गर्नुभएको छ । शुक्रबार बस्न गइरहेको स्थायी कमिटी बैठकमा पेश गर्न तयार प्रस्तावमा दुई अध्यक्षले सो संकल्प लिने निर्णय गर्नुभएको हो ।

प्रस्तावमा भनिएको छ, “सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरुलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ ।” पार्टीको शक्ति र सामथ्र्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गर्नुभएको छ ।

प्रस्तावमा भनिएको छ, “विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरु ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्ति सचेत हुने प्रतिवद्धता अध्यक्षद्वयले गर्नुभएको छ ।

उहाँहरुले भन्नुभएको छ, “सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आ–आफ्ना गल्ति, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ति, कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्दछौं ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, द्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ । उहाँहरुले प्रस्तावमा भन्नुभएको छ, “फैलिदै गएको गुटवन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटवन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछौं ।” पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न अध्यक्षद्वयले निर्देश गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group