ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ९ लाख ६४ हजार बढीको मृत्यु ,२ करोड २८ लाख १७ हजार ५४० जना निको


एबीसी न्यूज
५ आश्विन २०७७, सोमबार   ७ : ४५   बजे


काठमाडौं, ५ असोज । महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको हो ।

यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ ।

एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।  वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार १८६ जनाको मृत्यु भएको छ । ४४ लाख ३६ हजार ७०९ जना संक्रमित भएकोमा २३ लाख ८३ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९८ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख ४८ हजार ३०८ पुगेको छ । त्यसमध्ये ५२ लाख ६६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७७ हजार १७३ जनाको मृत्यु भएको छ । ९४ लाख ६८ हजार ८१ जना संक्रमित भएकोमा ७७ लाख ६४ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ९६५ जनाको मृत्यु भएको छ । ७५ लाख २५ हजार ८८८ जना संक्रमित भएकोमा ६२ लाख ८३ हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार ८ जनाको ज्यान गएको छ भने १४ लाख १३ हजार ३८२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५८ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८५ जनाको मृत्यु भएको छ । ३० हजार ५५९ जना संक्रमित भएकोमा २७ हजार ९३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group